अरुण नदी खत्री का एकजोर बालकविताः

Arun, Nadi, Khatri, Kathamandu,अरूणनदी खत्री, pallawa, पल्लव

अरूणनदी खत्री

१) सरस्वती माता
विद्याकी देवी हे सरस्वती
सद्बुद्धि देऊ नबिग्रोस् मति
वीणा पुस्तक हातमा लिइ
बसेकी छ्यौ हाँसमाथि ।

किताबकापी जतन गर्छौ
पढ्न र लेख्न हामीलाई सिकाउछौ
श्रद्धापुष्प चढाई भन्छौं
सद्बुद्धि देऊ माता ।

 

तिम्रै शरण पर्छ हामी
ओढाइदेऊ हामीलाई ज्ञानको छाता
ज्ञान र हासिल दिलाइ देऊ
हे सरस्वती माता ।

माघ शुक्ल पञ्चमी हो
सरस्वती तिम्रो जन्मदिन
विद्याकी देवी हुन सबले
धेरै पढी अक्षर चिन ।

२) सहिद
-अरुण नदी खत्री
आफू रोएर देशलाई हसाइरहने
सहिदहरू महान छन्
सहिदको नाम लिदा
गर्व लाग्छ मलाई त झन् ।

फाँसी दिदा पनि सहिद
हाँसीकन विदा भए
देशको लागि मरिमेट्ने
सहिद आफैं परलोक भए ।

निरङ्कुश शासन ढाल्ने
सहिद हुन् देशका वीर
आफ्नो होइन यो देशको
माने सहिदले पीर ।

आफ्नो देशको निम्ति लड्ने
सहिदको गरौं है सम्मान
ढुकढुकी हुन् सहिद देशका
नहोस् है कल्यिै सहिदको अपमान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.