आशा लिम्बु का केही मुक्तकहरूः

Asha, Limbu, आशा लिम्बू , pallawa, पल्लव

आशा लिम्बुू

छोरी,पत्नी,बुहारी.आमा,सासूमा विभाजित छ नारी
कष्टमय जिम्मेवारी वहनभित्र आजित छ नारी
मन् सदा समर्पित मैदानमा जिताएर अरुलाई
उमङ्ग खुसीको युद्धबाट सधै पराजीत छ नारी I

प्रथमत: नारी उत्पीडन बन्द हुनु पर्छ
पुरुष महिलाको हक अखण्ड हुनु पर्छ
दायित्व निर्वाह बराबरी छोरीछोरालाई
भेदभावका भेदीहरूलाई दण्ड हुनु पर्छ I

 

केही गर्न नसके बरु यही देशकै म बोझ मात्र बनोस
विदेसी लिवास ठाँट तर मुहार सगरमाथाकै गनोस I
मातृभूमिदेखि टाढा सँसारको जुनै कुनामा यदि म मरुँ
हेर्नेहरूले मलाई देखाएर त्यो लास नेपालीको भनोस I

साँच्चै डराएँथें तिमीबिना जीवन एक्लै जिउनुपर्दा
एकाकीपन मौन .विष चुपचाप एक्लै पिउनुपर्दा
बाँच्नुपर्ने भूमिमा हरेस र आँटको युद्ध लड़िरहें
विक्षिप्त मनसँग नौलो .वर्तमान एक्लै सिउनुपर्दा ।

तिमीबिना आज म एक्लै रमाएको छु
जिउने आँट पनि सक्दो कमाएको छु
बेस्सरी दु:ख पाउ भनि दिएको थियौ
त्यही श्राप तिमीलाई नै थमाएको छु ।

सत्तासमेत सजिनु पुगे नेताले छानेकाहरू
भयभीत जनले पटकै मान्दै नमानेकाहरू
नबुझ्नेलाई पनि प्रस्ट भयो गणतन्त्र यस्तो
घुस्न पाइने लाठीमुङ्ग्रो सबैसबै जानेकाहरू I

झारेपाते चानचुने पनि गन्दैन हौ सुकुलेले
भोकानाँगोलाई मान्छे पनि भन्दैन हौ सुकुलेले
चटक्कै चक्कु चिटिक्क चम्ची समाएर सजिनेचैं
जिम्मेवारीको पहाड त खन्दैन हौ सुकुलेले I

अनायासै रोई अबोध बालिका देखेर मर्दलाई
आमाबाले पनि बुझेनन छोरीको मौन दर्दलाई
युगौंदेखि दानवीय राक्षसले चलाएको मुलुक
थुक्दैछिन अन्याय नकाटिने कानुनको कर्दलाई ।

‘शब्द’ झुक्किएर फाल या जिस्किएर नियत तिम्रै झल्किन्छ
चोखाइको लाख बुँद छर, हाउभाउले तिम्रै मुहार टल्किन्छ ।
छामेर देख आफूले आफैँलाई एक मनुष्य छ तिमीभित्र पनि
चाह गरिदिएमात्र थोपो मानवीयमा लाखौँ करुणा छल्किन्छ ।

आशा लिम्बू

One thought on “आशा लिम्बु का केही मुक्तकहरूः

  1. मीठा मीठा कविताहरु! हार्दिक बधाई दिदी हजुर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.