गजल

Lila, Khattri, prithak, लिला खत्री ‘पृथक’, pallawa, पल्लव

लिला खत्री ‘पृथक’

दयामाया नभएको सन्सार उजाडियो मन मेरो !
नसकेर थाम्न अति भार उजाडियो मन मेरो !

मोहित भएको हु म पक्कै पनि केही हुनु पर्छ ,
जहरिलो मन सुन्दर मुहार उजाडियो मन मेरो !

हिम्मत हारेकै छैन यो स्वार्थी दुनियाँमा कत्ति,
भएन बेचिएका चेलीको उद्दार उजाडियो मन मेरो !

 

दिनानुदिन बाहिरिएका छन् जटिल घटनाहरू,
रोकिएका छैनन् बलात्कार उजाडियो मन मेरो !

नगर अपराध भनी अनुनय विनय गर्छे पृथक,
बहिरा अपराध गर्छन् लगातार उजाडियो मन मेरो !

लिला खत्री ‘पृथक’
कपिलवस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.