कल्पना घिमिरेका एक दर्जन मुक्तकहरूः

Kalpana, Ghimire, कल्पना घिमिरे, pallawa, पल्लव

कल्पना घिमिरे

कोमल मन ममताको खानी बनेर
आराम गर्न पल्टिँदा सिरानी बनेर
उदाउनु छ झलमल्ल सत्यकर्म गरी
पाशाङ, सीता, भृकुटी झैँ बिहानी बनेर ।

दमन होइन समस्याको हल हुनुपर्छ
सबै बसि निर्णायक छलफल हुनुपर्छ
बिभेदकारी नीति लाई पाखा लगाउन
आपसमा शिक्षक हरू सबल हुनुपर्छ ।

 

अहो! यसरी रमाउन कसले छेक्न सक्छ ?
अथाह खुसी कमाउन कसले छेक्न सक्छ ?
समस्यालाई चुनौती दिन सक्नु पर्यो !
आफ्नो पनलाई जमाउन कसले छेक्न सक्छ ?

दोष सृष्टीमा होइन दृष्टीमा हो
स्वतन्त्र रहनु पर्ने परिधीमा हो
भन्छौ जीवनका बाटा धेरै छन
तर बाटो हुनुपर्ने कर्णालीमा हो ।

तिम्रो हर बोलिमा तिम्रै परिचय भेटिन्छ
हाउ भाउ कटाक्ष~ अनि लय भेटिन्छ
घृणा गर या माया~ फरक पर्दै पर्दैन
जे सुकै होस कोहि अति निर्भय भेटिन्छ ।

आँसु टिलपिल या त खुसी तिम्रै हातमा छ
मूर्ख बनाउ~ या बिदुषी ~तिम्रै हातमा छ ।
आएका छौं~ संसारमा दुई दिनको पाहुना
चलाख बनाउ या त लुसी तिम्रै हातमा छ ।

सबै मित्र मात्र हुँदैनन्~ है बोल्दा~ बिचार गर्नु
भए भरका मनका कुरा ~खोल्दा बिचार गर्नु
आफ्नै साथी भन्नेले नि ~गर्न सक्छन घात
उनका लागि तिम्ले जोखिम मोल्दा बिचार गर्नु ।

प्रगतिका~ पाइलाहरू ~बढीरहुन निरन्तर
अमृत रूपि ~वाणीहरू~ आइरहुन~ प्रखर
श्वास मेरो आशा मेरो सर्बश्व नै हजुर मेरो
सु-स्वास्थ र दीर्घायु होस भगवानले रक्षा गर ।

आयौ तिमी~ प्रेमिल~ मन लिएर
नबिर्सिने मीठो आफ्नो पन लिएर
दिलै भित्र पसुँ कि अंगालोमा कसुँ
रसिलो त्यो भर्भराउँदो यौवन लिएर ।

देखाउन होइन त्यो निभाउनका लागि हुन्छ
नदीको सफर सागर पाउनका लागि हुन्छ
दिन रात नभनी~~ परिश्रम ~गर्छ~ मान्छे
आँसु झारी रुन होइन रमाउनका लागि हुन्छ ।

कसैको नि मनमा चोट पुर्याउँदिन भन्दा भन्दै
यो यात्रामा कतै खोट पुर्याउँदिन भन्दा भन्दै
सोझै हेर्दा टेडो हुन्छ किन कथा जिन्दगीको
जाँदो रै’छ गलत बनोट पुर्याउँदिन भन्दा भन्दै ।।

असल बन्नु प्यारी बन्नु रमाउनु सधैं भरी
सुस्वास्थ्य र दिर्घायुको कामना छ मनै भरी
तिमी हाम्री मनकी फूल मगमगाउनु सुवास छर्दै
पढ्दै, खेल्दै रहनु है यही मीठो बचपनै भरि ।

– कल्पना घिमिरे
स्याङ्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.