सन्ध्या सापकोटा का एक दर्जन मुक्तकहरूः

Sandhya, Sapkota, सन्ध्या सापकोटा, pallawa, पल्लव

सन्ध्या सापकोटा

लाग्छ यिनै चिज बारम्बार न’भइदियोस् ,
जिन्दगी फसाउने कारागार न’भइदियोस् ।
सधैं भरि पारदर्शी भएर टल्कने र फुट्ने ,
ऐना सँग तुलना मेरो निधार न’भइदियोस् ।

पुरुषले झैं मातापिता पाल्न सक्छिन् नारीले ,
प्रगतिशील पाइलाहरू चाल्न सक्छिन् नारीले ।
नारीलाई कहिल्यै कमजोर नठान्नुस् समाजमा ,
अन्धकारमा ज्ञानको ज्योति बाल्न सक्छिन् नारीले ।

 

रक्त प्रवाह बिनाको कोमल यो मुटुलाई स्याहार गर्दैछु ।
आँसुको थोपा रित्याएर बेदनाको सागर मनमा भर्दैछु ।
मेरो जीवनको नेपथ्यमा दैवले खेल खेलिरहेता ‘पनि ,
दुई थोपा रगत साँच्दै बाँच्ने आशमा म अघि सर्दैछु ।

नदेखिए पछि घाउ औषधीले कहाँ छुन सक्छ ?
देखिपछि त यहाँ जो कोही पनि रुन सक्छ ।
अनावश्यक नसोच् मानसपटलमा असर होला,
यतिमात्रै कहाँ हो र झुकिएर ब्रेनट्युमर हुन सक्छ ।

चोखो माया लाउने मान्छे भेटिन
ओठमा हासो छाउने मान्छे भेटिन
जन्ती को साथमा बाजा बजाउदै
दुलही बनाउन आउने मान्छे भेटिन ।।

जब साँझ डाडाँको टुप्पोमा सूर्यको किरण उभिन्छ ,
सन्ध्या हुनु अगावै समयको मीठो आभास सकिन्छ ।
तर यसलाई अनर्थ ठान्ने चेस्टा नगर्नु होला महोदय ,
फेरि निशाको गर्भबाट सूर्योदयसँगै अग्राख जन्मिन्छ ।।

सन्तुष्टि छु, खुशी हुनेगर्छु र त सुखमा मुस्कान छ ,
रोएर हुन्न कराएर हुन्न त्यसैले दुखमा मुस्कान छ ।
जीवनको उकालो ओरालोमा एक्लै भएर त होला ,
हातमा चोट छ, मुटुमा दर्द अनि मुखमा मुस्कान छ ।

जब आउँछ हल्लाको बतास चलेर जान्छ
सक्दैन सहन मेरो यो छाती जलेर जान्छ ।
उठ् सन्ध्या! अब जाग्नु छ हेर् अग्राख बनी,
न धमिरोले खान सक्छ न त गलेर जान्छ ।।

रुन सुरुवात भएको थियो जब बचपनमा
यसको अन्त्य कहिल्यै भएन जिवनमा ।
निर्दयी त हदैसम्म निर्दयी रहेछौं तिमी ,
अटाउन सकेनौं मलाई तिम्रो त्यो मनमा ।।

आँखा आँखा जुध्यो के कति हुन्छ होला?
दुवै नजर एउटै हुदा कति रुन्छ होला ?
टाढा हुदै मनले त्यो मनलाई छोइसकेको छ,
झन प्रत्यक्ष भेटनै हुदा कति छुन्छ होला ?

सारा संसार भुल्न सक्छु,तिमीले साथ नदिए पनि ,
काँडा बीच फूल्न सक्छु तिमीले साथ नदिए पनि ।
झुठो आश्वसन देखाएर एक्लो बनायौ त के भो र ,
पौरखमा म डुल्न सक्छु तिमीले साथ नदिए पनि !

तिमी तिरै मन एकाग्र हुने, ध्यान दिनु मलाई
हजार जुनी बाँच्छु चाहान्छु, ज्यान दिनु मलाई ।
कसरी बाँच्ने आज मन मुटु टुक्राटुक्रा हुदा ?
ए! प्रेमका पाठहरू सिक्छु, ज्ञान दिनु मलाई ।।

सन्ध्या सापकोटा ‘प्रिय नदी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.