उमा दाहालका केही मुक्तकहरूः

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

बिजुली चोरलाई पक्रिएर राम्रै काम गरयौ
भ्रष्टाचारको बीउ चै हरेक संस्थानमा छरयौ
कमिसनको खेल पनि चाडैं बन्द गरे हुन्थ्यो
नातावाद र कृपावादको बिकास तिरै सरयौ ।

हिलो सगै रमाएर कमल भई फुले
तेहि फुलको सुगन्धमा मौरी बनी डुले
तिम्रो चोखो माया बिशाल थियो त्यहाँ
तेसैले त त्यहीँ फुलको सोभा बनी भुले ।

 

पाँच करोड कमिसन मेलम्चीका ठेक्कदारसँग मागेछन
कमिसनको खेल देख्दा ठेक्कदार नेतासँग धेरै जागेछ्न
देशको बिकास भन्दा प्यारो पैसानै लाग्छ नेताहरूलाई
मेहनतको घुस दिनु पर्दा दिक्कभई ठेक्दार भागेछन ।

ती भिरपाखा संम्झिएर आँसु धारा झारिन्
आफ्नो ब्यथा सुनाउदै दुखी मलाई पारिन्
बेचिएको थाहा उनले कोठी भित्रै पाइन
पैसासँग प्रेमगर्ने थियो प्रेमी तेसैले त हारिन् ।

पिउन सम्म पिए प्यारी तिम्रो सम्झाना धेरै आयो
हामी बिचको गहिरो माया आज उस्ले नै पायो
जागीर पाउने आसमा तिमी शहर तिर पसेउ
जागीरको बाहानामा उस्ले तिम्रो जवानी नै खायो ।

उमा दाहाल
शान्ति नगर कारेश्वर काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.