आस्था निरौलाका एक दर्जन मुक्तकहरूः

Aastha, Niraula, आस्था निरौला, pallawa, पल्लव

आस्था निरौला

सयौ जुनि सम्म तिम्रै हुँ भनि परिभाषा गर्न खोज्दा
साँचो प्रेम विस्वासमा अडिन्छ भनि आशा गर्न खोज्दा
खै कुन्नि कतिबेला छोडेर गयौ पत्तै पाइन निस्ठुरी
तिम्रो त्यो मन के रहेछ भनि जिज्ञासा गर्न खोज्दा ।
मुक्तक-१
शहिद रोएका छन् देशमा सीमाना मिचेको देखेर
दुई पैसाको लोभमा नेताहरू बिकेको देखेर
ती वीर पुरूषले जोडेको प्यारो नेपालमा आज
दिन प्रति दिन भष्ट्राचार र बलात्कार बढेको देखेर ।
मुक्तक -२

 


धेरैको सुनियो भाषण बलात्कार विरुद्व
धेरै आए नीति-नियम अत्याचार विरुद्व
बालुवाटारमा अनसन बसेर के भयो खै
अपराधीले चिठ्ठी लेख्यो कारागार विरूद्व
मुक्तक -३
मलाई जान्न मन लागेको छ टुना-मुना तन्त्र कस्तो होला ?
यहाँ साँचो माया गर्नेहरू छुटिंदा दूरी नाप्ने यन्त्र कस्तो होला ?
कहिले जात-धर्म त कहिले धन सम्पत्तिले अलग्याउन खोज्ने
दुश्मनहरूले प्रेमील जोडी एक हुन नदिने मन्त्र कस्तो होला ?
मुक्तक -४
कसैले मेरो दिल चोर्ने दाउ गर्दैछ
नशालु नजरले चिथोर्ने दाउ गर्दैछ
थाहै नपाई यो मनभित्र बस्नलाई
बाधा व्यवधान फोर्ने दाउ गर्दैछ ।
मुक्तक -५
भगवानको आशामा मन्दिर धाई रहें
भजन र भक्तीमा सधै भरि हराई रहें
आफ्नै मनमा भगवानको बास भएरपनि
चिन्न नसकेर सधै भरि पछुताई रहें ।
मुक्तक -६,
शिक्षित समाज नै आज विवेकहिन भएपछि
छोरीचेलीको अस्मिता जोगाउन कठिन भएपछि
सन्तान जन्माउनुको के नै अर्थ रह्यो होला खै ?
हत्या-हिंसा र लुटपाट मात्रै दिनानुदिन भएपछि ।
मुक्तक -७,
थोरै भएपनि मन बुझाउने बाटो खोज्दैछु
चोटैचोटको पीडा लुकाउने बाटो खोज्दैछु
तिमीले गरेको प्रहारलाई ढुङ्गा जस्तै बनेर
जिन्दगीको कथा सुहाउने बाटो खोज्दैछु ।
मुक्तक -८,
प्रेमको परिचय खोज्ने कुनै अधिकार छैन
म तिम्रै हुँ भनेर देखाउने कुनै आधार छैन
एक्लै यो मरूभूमिमा छोडेर गएपछि अब
मेरो मनको ब्यथा बुझ्ने कुनै संसार छैन ।
मुक्तक -९,
यदि छोरी भएर घृणा पाएको भए छुट्टै परिचय दिनुहोस
यसरी पटक-पटक बलत्कार हुनुको आशय दिनुहोस्
हजार तरिकाबाट भन्दापनि कसैले आवाज नसुनेपछि
केमा समाचार सम्प्रेषण गरौं सरकार बिषय दिनुहोस् ।
मुक्तक -१०,
दुख्छ मुटु सधैँ उसकै यादमा जलेर
अनायासै एकोरिएछु उसैलाई तड्पेर
साँचो माया होकि जवानिको दोष हो
पर्खिरहेछु केवल तिम्लाई नै सम्झेर ।
मुक्तक -११,
न त पाउन सक्छु तिम्रो निसंकोच प्रेमलाई
नत गुमाउन सक्छु तिम्रो अबोध प्रेमलाई
साचो माया गर्छु भनि कसम खाएर पनि
नत सजाउन सक्छु तिम्रो अनमोल प्रेमलाई ।।
मुक्तक -१२,

– आस्था निरौला
इलाम नगरपालिका– २, भानुपथ ।
हाल: गोङ्गबु, काठमाण्डौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.