कल्पना पौडेल ‘जिज्ञासु’का केही मुक्तकहरूः

Kalpana, Paudel, Jigyasu, कल्पना पौडेल ”जि्ज्ञासु”, pallawa, पल्लव

कल्पना पौडेल ”जि्ज्ञासु”

अबिरल बगिरहे यि अश्रुधारा तिमी गए देखी आँखाहरु बाट
तर यादहरुलाई निस्किन दिहिन मुटुको कुना कुनाहरु बाट
जीवन छ र पो अनुभुती छ मलाई साह्रै तिम्रो खाँचो छ प्रिय
बुझे मैले जसरी तिम्ले पनि बुझ न जलिरहेका चिताहरु बाट ।
(१)
विनासकारी भूकम्पले देश भरी नै बेहाल भयो
हजारौँले ज्यान गुमाउँदा लासैलासको खाल भयो
कसलाई के थाहा कठै बरै यो प्रलय होला भन्ने
हाम्रो लागि २०७२ इतिहासमा कालो साल भयो ।
(२)

 


भूकम्पले सातै लग्यो थकिर्यो मन जगतको
जनता पर्दा बिचल्लीमा चकिर्यो मन जगतको
देशैभरि लासै लास छन् रगतको खोलो बग्यो
यस्तो हालत देखेपछि दर्कियो मन जगतको ।
(३)
एक्लै बाँच्दा साँच्चै जीवन कती फरक हुँदोरहेछ
न कसैको साथ न माया अती फरक हुँदोरहेछ
रोगी देह लामो यात्रा साहारा बिहिन जिन्दगी यो
मरौ की झै हुन्छ घरी त्यो मती फरक हुँदोरहेछ
(४)
प्राकृतिक प्रकोपले देश लुट्यो कसरी म हाँस्न सक्छु ?
चिरा पर्दै त्यो धर्ति फुट्यो कसरी म हाँस्न सक्छु ?
अति भयो हे प्रकृति रोकिदेउ न यो विनास अब
सारा जनताको दिल टुट्यो कसरी म हाँस्न सक्छु
(५)
नको बाजी थाप्दै लडेर पो सहिद भए
हाँस्दै हाँस्दै सुलीमा चढेर पो सहिद भए
आलै छ अझैसम्म जमिनमा खुनको टाटा
बहादुरीको छबी त्यो छोडेर पो सहिद भए
(६)
बाचूँन्जेल सँगै जिउने प्रस्ताव लिएर
आयो जीवनमा खुशीको बहाव लिएर
युगौंदेखि कोरीएका पिरतीका कथाहरू
‘जिज्ञासु’लाई सुनाउन किताव लिएर ।।

~कल्पना पौडेल ‘जिज्ञासु’~
गैडाकोट– ४, नवलपरासी (हालः काठमाडौँ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.