शाया मोक्तान थिङ को केही मुक्तकहरूः

Shaya, Moktanthing,शाया मोक्तान थिङ, pallawa, पल्लव

शाया मोक्तान थिङ

गरिबी को कारण उपचार बिहिन बिरलै जनता मर्छन
मोजमस्ती नेताकै रुघा लाग्दा बिदेशमा उपचार गर्छन
जिउन कठिन छ गरिबी को जीवन मर्न पनि त गार्‍हो
कठपुतली बनाइ नचाए जनता नै चुनावमा पाउ पर्छन ।

ओइली सकेको फुलको डाली भाँचेर के फाइदा
सङ्गाल्दा सङ्गाल्दै पोखिजाने माया साँचेर के फाइदा
फर्किन्छ कि तिम्रो मन भनी बाटो कुर्दा कुर्दै पनि
ब्यर्थ हुन्छ भने मेरो कुराइ , म बाँचेर के फाइदा ???

 

सपनामा आउनेलाई सरकार कानुनी कारबाही ठहर्नु पर्‍यो
सुत्न नदिइ निन्द्रा बिथोल्ने ले कर भर्पाइ भर्नु पर्‍यो
जबर्जस्ती गर्न कस्तो जानेको आउनु पर्दैन भन्दा पनि
मान्दैन गाँठे ! राती सपना मा आई मलाई गर्नु गर्‍यो ।।

सोझा साझा लाई झुल्याएर देशद्रोहीलाइ मित्र बनायौ
फेर्छु भन्दै देशको मुहार वारपार गरि बिचित्र बनायौ
वाह…सरकार काम तिम्रो कुर्सीमा बसीबसी निर्देशन गरि
दुनियाँ हसाउने हाम्रो देश हास्यब्यङ्गेको चलचित्र बनायौ

शाया मोक्तान थिङ,
गोदावरी– १४, बाँडेगाउ, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.