गजल

‎Nabina, Khanal, Gautam, नबिना खनाल गौतम, pallawa, पल्लव

नबिना खनाल गौतम

काखको छोरो टाढियो, बुहारी आए पछि,
स्वर्गजस्तो घर भाडियो, बुहारी आए पछी

मासको दाना फोरियो, तिलको दाना घोटियो
पिंढिमै किला गाढियो, बुहारी आए पछि ,

कति हराभरा हुन्थे, ती खेत अनि बारिहरू ,
खेल्ने मैदान झैँ फाडियो, बुहारी आए पछी

 

पेवा भनी लगाएका आमाका कानका माडबारी
तानतुन गर्दै बाडियो, बुहारी आए पछि।।

बल छौन्जेल हड्डी घोटियो,यिनै छोराका लागि
बुढेस कालमा घरै छाडियो, बुहारी आएपछी।

नबिना खनाल गौतम
पोखरा लामाचौर

One thought on “गजल

  1. गजलको नियम पुगेको छ,लेख्न जान्नेले लेखेको हो,तर मान्यता अति पुरानो छ,बिचार झुर छ,हिजो आज यस्तो हुँदैन भए पनि अति न्यून हुन्छ….।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.