गजल

Chandani, Aryal,चाँदनी अर्याल, pallawa, पल्लव

चाँदनी अर्याल

जसले जीवन पायो जहाँ त्यसमाथिनै लात किन?
जन्मदाताकै मुटु बेचि गर्दैछौ घात किन?

छाती एउटै आमाको काख एउटै हुँदा हुँदै
तिमी ब्राहमण बैश्य क्षुद्र इत्यादि यि जात किन?

हिमाल ,पहाड,तराइ सबै हाम्रो साझा घर
अंशबण्डा लगाउने संबिधनमा बात किन ?

 

छटपटिंदै आमा भन्छिन छहारी बनाउ चौतारीको
जरै उखेल्यौ निमिट्यान्न झर्न थाले पात किन?

एकसिंगे गैंडा उपहार सक्यौ बेची पानी
भबिष्य नसोचि बर्तमानमा यत्ति धेरै मात किन?

चाँदनी अर्याल,
धुलिखेल काभ्रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.