उर्मिला पोखरेल का केही मुक्तकहरूः

Urmila, Pokharel, उर्मिला पोखरेल, pallawa, पल्लव

उर्मिला पोखरेल

हे भ्रष्टहरू हो मर्दा खाली हात जानू पर्छ !
सुन,पैसा हैन आखिर अन्न नै खानु पर्छ !!
किन गर्छौ धोका,अधर्म बुझन बुझ आखिर;
आफू मरेर जादा पाप हैन पुन्य लानु पर्छ !!

नेताहरूको चाकडि र चाप्लुसीमा अपराधी मिसिए हजुर !
सर्वसाधारण जनताहरू गहुँको घुन जस्तो पिसिए हजुर !!
हजारौं हजर मारिएर गणतन्त्र ल्याउन त ल्याए तर के गर्नु?
ति जनता नै अन्याय र अत्याचारको भारीले थिचिए हजुर !!

 

आजकल बोल्न पनि मुस्किल भो उसलाई !
खै!किन दिल खोल्न पनि मुस्किल भो उसलाई !!
पहिला सानो भन्दा सानो कुरा बाड्ने मान्छे;
मित्रतामा अमृत घोल्न मुस्किल भो उसलाई !!

सधै पिउनु पर्छ जुस कहिलेकाही दारु भन्नू हुन्छ उहाँ !
तिमी मेरि गृहलक्ष्मी गर्छौं जतन अनि फारु भन्नू हुन्छ उहाँ !!
राधाकृष्ण जस्तो हाम्रो माया कहिल्यै हुने छैन कमि र खोट;
मानिस हुँ गल्ती भए भन प्रिय तुरुन्तै सुधारु भन्नू हुन्छ उहाँ !!

गर्छु पूजा फूल, प्रसाद, अक्षता चढाएर ~ सरस्वती माता
विद्या बुद्धि, विवेक, दिनुस् ज्ञान बढाएर ~ सरस्वती माता
सकरात्मक सोच्न सकौं, बन्न सकौं असल विद्वान मानिस;
अरुलाई पनि ज्ञान बाड्न सकौं पढाएर ~सरस्वती माता ।।

पवित्र प्रेम गुलाव सँग साटिएको देखेँ !
एउटीलाई हैन धेरैलाई बाडिएको देखेँ !!
अति सस्तो भयो आजकल माया पनि;
प्रेमदिवशको केहीदिन पछि टाढिएको देखेँ !!

तिमी गयौं टाढा बिरानो देश माया लगाएर !
तिम्रै सम्झनामा बसेकी छु आँसु बगाएर !!
छिट्टै आउनुस परदेशी बाटो हेर्दै बस्ने छु:
सधै तिम्रै तस्वीर यो मन मुटुमा सजाएर !!

सुन्दर बगैंचामा रंगीचंगी फुलहरू फुल्छन् ।
भमरा र माहुरी भुनभुनाउदै यहीँ डुल्छन् ।।
नि-स्वार्थ हुन्नन् प्रेम फुल सँग यिनका पनि;
ओइले पछि यी फुललाई चटकै भुल्छन् ।।

नेताहरूको चालढाल देखेर दिक्क लाग्यो !
देशको बिग्रदो हाल देखेर दिक्क लाग्यो !!
दिन प्रतिदिन सिमाना मिच्दैछ बैरिले हेपेर;
गणतन्त्रेहरूको जाल देखेर दिक्क लाग्यो !!

कोहि मिजासिलो त कोहि बदमास हुन्छन् ।
कोहि आफ्नो जीवन सँग नै उदास हुन्छ्न् ।।
सुखदुःख यस्तै हो एकबारको जिन्दगी भन्दै;
कोहि जति चिन्ता भए पनि बिन्दास हुन्छन् ।।.

उर्मिला पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.