चाँदनी अर्यालका केही हाइकूहरू

Chandani, Aryal,चाँदनी अर्याल, pallawa, पल्लव

चाँदनी अर्याल

हे भगवान !
म तातेको देखेर
पानी पर्दै छ ।

विचार गर
मेरो वेदना भित्र
बाढीको वेग ।

अल्लारे कुरा
मनको खुलदुली
पसिना बग्दै ।

 

ढुङ्गे युग र
आधुनिक जमाना
फट्दो प्रहर ।

तिम्रो युगमा
लामा सारी सजिन्थे
गर्मी कि सीता !

धरो मात्र छ
बदन पाँच फूट
बर्षादी याम ।

दिन दाहाडै
अँगालोमा बेरिँदै
कालो बादल !!

हे ! माता रानी
लाज त मानिदेउ !
उज्यालो भयो !!

दाइ, भाइ र
बाबाहरू सँगै नि
हिड्दा चिप्लियो ।

हेर कृष्ण जी
तिम्रो नक्कली गर्मी
बेशी देखिन्छ ।।

अब त बोल
किन चूपचाप छौ
क्षितिज फाट्यो ।

नीति सिकाऊ
सृष्टि चलाऊनु छ
हिउँदे बेला ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.