सदानन्द अभागीका तीन गजलहरूः

Sadananda, Abhagi, Jaishi, सदानन्द अभागी जैशी, pallawa, पल्लव

सदानन्द अभागी जैशी

गजल– १,
देशमा भेषमा केशमा
पुष्प कमल झै भेषमा

सुँदर तिम्रो मुहारमा
आत्मा लुटिन्छ निमेषमा

अति छ मजा दर्शनमा
झनै सुन्दर प्रवेशमा

 

तिमी हौ शशी जीवनकी
मकल मञ्जरी बेसमा

जाऔं अव शयनागार
विलीन मजा छ लेसमा

गजल– २,
जिन्दगी छोटो ठाने जिउने रहर भयो मेरो
घटना जति घटे घटुन् बाँच्ने ठहर भयो मेरो

खडेरीले जति चुसेचुसोस् ओइल्याउने भा’छु
आखिर पर्दा खडेरी नै सिञ्चित नहर भयो मेरो

विषाक्त यो मघुशाला सहज पिउन सक्ने भएँ
गोमन सर्पदंश सुधासरि जहर भयो मेरो

म आकाश चुम्ने भावानाका उचाइमा पुग्दा
पृथ्वीलाई यसै छाडौं चन्द्रमा नै सहर भयो मेरो

अब सकल कर्म मानव धर्म म मान्न थालें
शिवजीलाई मात्र हैन पूज्य त बहर भयो मेरो

गजल– ३,
मन भित्रको वेदनालाई पढ्न पाइएन
जवानीको सुन्दर डाली चढ्न पाइएन

सफल तिम्रो हितको लागि दिलभयो खाली
प्रेमी दिलको मधु–गंगामा गढ्न पाइएन

आजकल हिंडाइ डुलाइ त्यतैतिर भा’छ
प्रेमरूपी सुन्दर गुलाफ जड्न पाइएन

जीवनजल पानको स्वाद संसारले लिन्छ
अग्निज्वाला दनदनाउँदा डढ्न पाइएन

हामी दुईको मिलन बिन्दु नजिकिँदै आछ
दिल मिलाई मिलाईकन बढ्न पाइएन ।।

साँढ, कावासोती, नवलपुर ।

One thought on “सदानन्द अभागीका तीन गजलहरूः


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.