गजल

Jibika, Khatiwada, Gantok, Sikkim, जीविका खतिवडा अश्रु’, pallawa , पल्लव

जीविका खतिवडा ‘अश्रु’

मैले सधैं तिम्रो विश्वास गर्नै पर्छ भन्ने छ र !
तिमी सँगै मैले नदि तर्नै पर्छ भन्ने छ र !

गाँस छोड्नु साथ नछोड्नु भन्ने गर्छ दुनियाँ
तिम्रालागी भोकभोकै मर्नै पर्छ भन्ने छ र !

आफ्नो पौरख,आफ्नै सीप,आफ्नै आँटले छु बाँचेकी
तिम्रै पाउमा सधैं मैले झर्नै पर्छ भन्ने छ र !

 

देखाउन दिन्छौ केही पालेकैछु जस्तो गर्छौ
मेरो खाली भाँडो तिमीले भन्नै पर्छ भन्ने छ र !

हुनेहरूले थिचोमिचो गरिरहन्छन कमजोरलाई
गरीबले चाहीँ अत्याचार सहनै पर्छ भन्ने छ र !

जीविका अश्रु
सिचे, गान्तोक, सिक्किम ।

One thought on “गजल


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.