वैरागी जेठा का केही मिक्स रचनाहरूः

Jetha, Bairagi,जेठा वैरागी, pallawa, पल्लव

जेठा वैरागी

१) ए थुमी !
ए थुमी
मैले सुनेको थिएँ
मानिस हुन
युद्ध घोषणा हुनुपर्छ
नपत्याए
आँखुका काँसहरूलाई सोध
बगीरहेको पानी हेर्दै
रातो झण्डा हात मिलाउँछ
हर्राका हाँगाबाट झरिरहेका
शितका थोपा निल
वरामहरू अहिले कहाँ होलान्
सेताम्म्यै तुषारो ओडेर
आर्खेतबाट उक्लिरहेछ–

 


एउटा म
कराउँदै उडेका हावाहरू
पछारिँदा ,मध्यरातको जून रुन्छ
वरामको धुरीमाथि
बूढी एकनास चिच्याइरहन्छे
मध्यदिनमा
पातहरूझैँ झरिरहेका
वरामका पसिनाका भेलहरू
समाजवादका स्वप्नहरू देखिरहेछन्
आस्थाका बागहरूमा
आँखा खोजिरहन्छ
जीवनका ,थोत्रा झुपडीहरू
लामिछाने गाउँ उभिन्छ
घाम पकाएर ठिड.ग
भैँचम्पाहरू फुल्छन्
टाँगिएका पुतलीझैँ
राता पुतलीहरूमाथि बरर
रवर गोली ,असिना जस्तै वर्सिन्छन्
जनताको झस्को
मर्न नपाउँदै
विचार पासो लगाएर झुण्डिन्छ
आँखुको फट्के
फर्किएर हेर्दै
मैदानमा लडाईँ चलिरहेको
कथा सुनाउँछन् ,बगरका गिर्खाहरू
हामीले लड्नु पर्ने छ
मन्त्रीका भाषण सुनेर
म गंभीर भयो !
सल्यानकोट अगाडि
खाराका विस्मृतिभित्र
आरुोखरी बल्झिन्छ यात्रा
म आल्हादित बन्यो
पसिनाका रड.हरूमा
बगुवा र हर्मे अड.कुरित हुन्छन्
बूढो लिगलिग भन्छ
वादशाह शड.कट निम्त्याइरहेछ
मृतक वरामका चिच्याहटले
थर थर काँपीरहेछन्
घनत्वपूर्ण शहर
पाप कुण्ड बनिरहेछ
पहाड निख्रेको छ
मनमा काँढा बिज्छ
बगर रक्ताम्य छन्
खेतका धान मडारिएका छन्
उभिएर सम्वाद गर्नै हुन्न
बोल्ने तागतहरू खुम्चिन्छ
कसैले सोध्ने छ , परिवर्तन भयोकि
म भन्ने छु ,भएको छैन
विचारमा साँझ परेको छ
यात्रामा , मुन्टो बटारिएको छ
जिन्दगी युद्ध
युद्धको रिक्ततामा अझै रिक्तता छ
ए थुमी !
बाँसको झाड.बाट तपतप चुइएका
रगतका थोपाहरू
हिउँझैँ पग्लिएर बहइरहन्छन्
मनहरू चिराचिरा हुन्छन्
वयाकमा !
खड्काका आँगन भएर
अलिकति च्यातिन्छ विचार
साईँली सर्कीनीको
करेसाबारीमा फुलेको सिम्रिक
चुपचाप छ
साईँली फुत्त निस्कन्छिन्
हावाझैँ सुसाउँदै
हृदय पिरोल्छ
देउरालीमा !

२) गोधूलिका तरुनीहरू
साँच्ची नै भन्ने हो भने
पुलबाट हिँड्न डराउँ छु म
पुलका भित्तामा अडेसलागेका तरुनी हेरेर
आँखा बन्द गर्दै
दरबारमार्ग छेड्छु ।
उपत्यकाको मध्यभागमा
खुल्ला आफ्ना अस्तित्व बेचीरहेका
बीसबाइसका तरुनीहरू
संसार परिवर्तन गरिरहेका हुन्छन्
उनीहरूलाई देखेर
मन अमिलो हुन्छ ।
गोधूलीका तरुनीसँग बोल्ने समय छैन
कोही हाम्रो अधिकार
हाम्रो स्वतन्त्रता भनिरहेछ
मध्यदिन लाग्छ
अँगार जस्तै अंगार
कुराहरू गुजमुजिन्छन्
दरबारसँगै उभिएका रुखमा हेरेर
तिनीहरूकै झै बग्छ आँसु
रानीपोखरीको किनारमा
एक्लै हिँड्न डर लाग्न थालेको छ
मुटु हलिन्छ जोडले
जीवनदर्शनको घण्टी बजाउँने को हो
थाहाछैन
गोधूलीले पैसाबोकेको
एउटा लक्काजवान केटो खोजेझै लाग्छ
एघार बाह्रमा अध्ययन गर्नेझैँ देखिने
कलिला अनुहारहरू ,ग्राहकको पर्खाईमा
रोएका मुस्कानका अर्थ के होलान्
आँधीबेरी कुरा खेल्छ
धूलोको भूमरीले आँखा प्रहार गर्छ
सेतो गणेश अगाडि
यसबाट यस्तो लाग्छ
स्वतन्त्र भनेको यो रहेछ
काला काला अनुहारका युवाहरू
हिमालझैँ गोरा बनेका तरुनीहरू
पान्सय , हजार ,दुईहजार भनिरहेको
यो कान सुन्छ ।
देश भनेको यो रहेछ
प्रदेश पनि यस्तै रहेछ
संघिय भएको मेरो देशमा
मानव हृदय मरेको छ ।
गोधूलीका तरुनीहरूको
राज्य हो यो ?
नबोल कविहरू कवितामा
नलेख कथाकार कथाहरू
शिशिरको साँझमा
घर फर्कन निकै ढिलो हुन्छ
पत्रकारहरूलाई सोद्धछु
के लेख्यौ समाचार ।
उनीहरूसँग कुनै जवाफ छैन
दैनिक तिनीहरूकै छेउबाट
यात्रा गरिरहेको हुन्छु
फरक फरक ढंगले
उनीहरू सधैँ भेलाभइरहेका हुन्छन्
यिनीहरूमाथि
न्याय र अधिकारमाग्नेहरू
यहाँ कतै देखिँदैन
वर्गसंघर्षबाट आएकाहरू कहाँ गए
स्वतन्त्रता रअधिकारवादी कता लुके
मलाई डर लागिरहेछ
गोधूलीका तरुनी देखेर ।

३) गंगालालका सपनाहरू
भँगेरी चुमीरहँदा
रगत,पसिना र आँसुहरू
कोशी भएर बगिरहेथ्यो
उपिँया र किर्नाहरू केलाएर
बाँचेको छ वर्तमान १
हामीले सालनाल खोज्दै
गंगालालको मूर्ति कोरिह्यौँ
सातदिनसम्म ।
मान्छेहरू क्वाक्वार्ती हेरिरहन्छन्
रगत र पसिनाका नदीहरू
हाम्रा पेटहरूमा
भोकका लालमोहर लाग्दासम्म
बोल्नै चाहेन ,यो युगका मानिसहरू
लखतरान भएकी छ
भँगेरी १
सन्तान्बे सालमा उनी
भाषा शहीद भए ,देशका निम्ती
यतिखेर १
शहीद गंगालालका सपनाहरू
आत्मबुद्धि जागृत गरिरहेछन्
मानव जीवन सफलपार्न
उज्यालो मशाल बालिरहेका छन्
प्रिय गंगालाल १
भँगेरी चुम्दा
यात्रा आनन्द फूल्छ
कोशीका छालहरूमा
आत्मभाव नाचीरहेछन्
श्रद्धाका चिमालहरू
झुठ ,अहंकार ,मोह भंगगरिरहेछन्
नाक रगडेर हिँड्नेहरू
प्रिय गंगालाल १
बाटो खोज्नेहरूलाई
पाठशाला रोज्नेहरूलाई
चिहानको कट्कटिएका रगतका फाल्छाबाट
उठेर स्पाती मैदान आऊ
तिम्रो घर जोगाऊँन
झोसेँका आँखीझ्यालहरू
तिमीलाई एकनास हेरिरहेछन्
हाम्रो गंगालाल भन्दै १
मध्यान्ननै ,
अँध्याराले निलेको छ
तिम्रो शहरमा
किचकन्याहरू दिउँसै हिँड्न थालेका छन्
सिद्धान्त ओछ्याएर १
चरमोत्कर्षमा चढिरहेछन्
शोषणका पाइलाहरू
जिउँदा जाग्दा युवायुवतीहरू
अझैपनि गंगालकै यात्रामा छन्
भक्तलालका जेष्ठ सुपुत्र
उनै वीर गंगालाल !
यतिबेला
गंगालालको सपना बोलिरहेछ
कोशीको बूढो सिमल भएर
नबिर्सिउ तन्नेरीहरू
हामीहरू , जुनार र सिस्नाका झाडीहरू पन्छाउँदै
जेठा र माइलाका आकृति कोरिरहेछौँ
भँगेरीमा !
हामीले भनेकै हो
तिमी उठ उठ बिउँझ
डाँडा खोला र नालाहरू सँगै
उत्तर काशी, गढवाल
बुद्धगया हाम्रा हुन्
उतड.ग तरगं भ्रूमगं
थोथे मकैका घोघाहरू भनिरहेछन्
महामारीले सातो खान खोज्दै छ
गंगालालका सपनाहरू
भोकले खाएका करड.जस्तो हुनुहुन्न भन्छन्
भोक र शिक्षाका लागी
बिउँझ भनेर धिमे बजाइरहेछन्
लाखौँ मलेवा लिएर
ज्यासल र झोसेँहरू
अग्निको बीचमा उभिएर ।

केही हाइकुहरू
कुगेलमान
वास्तविक सम्बन्ध
विचार मूल्य !

ऋतु समाज
अझै हामीहरूले
आनन्द लुटौँ !

जुज्रेप्पे जस्तै
क्रान्ति अभियानले
नेपाल फुल्छ !

अंमाड बनि
समाचार बग्दछ
असल मित्र !

पशु समाज
वीचमा खण्डै खण्ड
घोच्छ आकाश !

पट्टा धारीले
विचार विमर्शमा
आगो सल्काए !

विधिशास्त्रीय
मान्छे उभिन्छ जो
धनुष काँड !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.