‘उ नसामा थियो …..’

Chandani, Aryal, चाँदनी अर्याल, pallawa, पल्लव

चाँदनी अर्याल

उ नसामा थियो म हेर्दै थिएँ
मनमा थोरै डरका साथ
उसको नजरबाट आफूलाई छिपाइकन
उ बर्बराउँदै थियो ,भन्दै थियो
अमेरिका, बेलायत, स्वीटजरल्याण्ड अनि फ्रान्सका कुरा
बेरोजगार, खाडीमूलुक आदि आदि
उसको यो स्मृतिपटलमा सायद,
जन्मभूमि सँगको तुलना पर्याप्त थियो
मैले निधो पाइन
उसको समीपमा सर्दै सर्दै झस्किएँ
किनकी उ त नसामा छ
फेरि चूपचाप बसें,उसलाई सनिरहें–

 


यो पार्टी त्यो पार्टी यसो गर्छु,
उसो गर्छु आदि इत्यादि
अनि बुझेँ
उसको त्यो छटपटी त
उनीहरूमाथि थियो ,ठूला ठूला दमदार भाषण अनि
केही ठूला भनौदाहरूको कार्य ब्यापारसँगको असन्तुष्टि
म बिचलित भएँ
एकाएक सुस्केरा निस्कियो
अनि भनेँ
मेरा अन्तरमनमा आगो बल्यो
त्यो भाषण अनि उसका ति दुर्दशासँग
धिक्कारें पनि
विकासका नामधारी कफन बोकेर देशलाई–
आर्यघाट तर्फ लाँदैगरेका मलामीमाथि
अहिले म नितान्त एक्लो छु
उसको दुर्दशाको एकाएक झलक मेरो अगाडि छर्लङ्ग छ
म के गर्न सक्छु र अब
यहाँ त
झोले अनि पैसाका बिटाका कुरा छ
यो
सतिले सरापेको देश
जहाँ
भिमसेन जस्ता देशभक्त सेरिएका थिए
मदन भण्डारी जस्ता बिचारक त्रिशुलीमा फालिएका थिए
विष्णु अबतार मानिने राजबंश नासिएका थिए
असत्यका पक्षधर मौलाएका देशमा
तिम्रो नसामा चिच्याइएका हार गुहार
कस्ले सुन्छ र??
नसा छाडिदेउ,
डरले होइन, हिम्मतले नारा लगाउ
क्रान्ति ल्याउन जुट तनमनले
अनि मात्र
स्वर्ग जस्तो हाम्रो देश नरक होइन,
फेरि स्वर्ग नै देखिनेछ ।।।

चाँदनी अर्याल, धुलिखेल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.