रामराज तिमिल्सिना का केही ट्रक्राटुक्रीहरूः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

१) गजल
मुठ्ठी पो कस्सियो भन्छ लाने छ ऊ मरेपछि
लाखौं भोका बनाउँदै खाने छ ऊ मरेपछि

मै खाऊँ न भनेक‍ो छ खोस्दै छ ऊ भए जति
कर्मले भन्छ नर्कमा जानेछ ऊ मरे पछि

धनी बन्दै घमण्ड त पालेको छ समाजमा
पैसाकै छोप्पिने कात्रो छाने छ ऊ मरेपछि

 

झार्दै छ आँसु नारीको भन्दै छ मर्द हूँ ठुलो
त्यो पुरुषार्थ ब्याधाको मानेछ ऊ मरेपछि ।।

२)
जीवन घाँडो, हुन्छ भनेर
घातक काँडो, छुन्छ भनेर
लेख्न पर्‍यो है, लेख्छु पियारी
वास्तवमा यै देख्छु पियारी

जो सपना हो दृश्य अनौठो
भाग्य विधाता, माग्दछ अौँठो
ज्यान धितोमा छाप लगाएँ
धर्म गुमाएँ, पाप कमाएँ

ज्ञान विवेकी मानिस छैनन्
दुष्ट हरू हुन् सज्जन हैनन्
मात्र धनी हुन् लाग्छ भिखारी
दानव ब्याधा प्राण शिकारी

मानव त्यो हो गर्दछ काम
दुख्ख र चिन्ता बुझ्छ तमाम
जो सहयोगी हुन्छ सबैको
पक्क्ष लिने त्यो हुन्न कसैको ।।

३) मान्छे
त्यो मान्छे मनले त हुन्छ गतिलो श्रृङ्गारले हैन है
मान्छे तागतिलो महान मतिले हूँकारले हैन है
मान्छेमा अपराध दल्दल उठ्यो मान्छे रुपी दुष्ट हो
मान्छे मानवता भए तब न हो छैनन् भने सुस्त हो

आँखा कान र नाक हात मुख छन् त्यो हैन है तैपनि
भाषा ज्ञान विवेक शान्ति सुखका संसार ज्ञाता पनि
मान्छे सज्जन नै त्यही स्वरुप हो , जो ज्ञानको भुक्त हो
मान्छे त्यै प्रिय चित्र हो भुवनको ,आनन्द आयुक्त हो ।
शार्दुलविक्रीडित्

४)
लाग्यो पीर दुखेर पागल भएँ,आशा निरासा बनेँ
त्यो जस्तो अपमान जीवन भरी, अर्का थिएनन् भने
मैले माफ गरौँ कसो हृदयमा , दुख्दै छ पोल्दै छ नि
धोका बाट अतीत चित्र खुनको ढोका त खोल्दै छ नि

तिम्रै याद लिएर तड्पिन सकौँ ए स्मारिका भन्छु म
डाकी घात छुरा धस्यौ हृदयमा स्यावास है भन्छु म
बाधा विध्न हजार चोट तनले खाएर आकै थिएँ
तिम्रो चित्र पवित्र भित्र मुटुमा,मैले अटाकै थिएँ

मायाँले मनमा लिएर सपना साकार पारौ भनी
मात्रै प्रेम प्रगाढ लेखनमुखी ढोका उघारौँ भनी
प्यारो जीवन हेर्न फूल सरिका ती कोपिला पातमा
ऊर्जा थप्न भनेर आगमन यो गर्दा पुगेँ लौ घातमा

टाढा बाट गएँ लिएर मन यो सोचेँ उज्यालो बनोस्
तिम्रो जन्म सुखान्त प्यारमय होस् त्यो जन्म प्यारो बनोस्
तिम्रो जीवन फुल्छ फल्दछ भने यो मृत्युु स्वीकार छ
साँचो प्यार छ स्मारिका बुझ तिमी ,भन्दैन धिक्कार छ

आफ्नो जीवन त्याग्छु यो भुवनमा छाडेर सञ्जीवनी
मेरो होस् बदनाम् सहन्छु म बरू लेख्ने छु त्यै जीवनी

भो आऊन्न भनेँ कयौं पटक नै सम्झेर बोलाउँदा
ज्यादै मुश्किलले पुगे पछि त्यहाँ घाँटी छुरा लाउँदा
कालो बादल अग्नि झैँ गगनमा ज्वाला मडारी रहे
मोती खोज्न गए डुबे समरमा आशा खरानी भए ।।

५)
तिमी नदी सागर हूँ म प्रेमिका
र मिस्सिनै पर्छ तिमी त बेलुका
भन्दै उनीले कविता सुनाउँदा
खै कुन्नि के भो मदिरा लगाउँदा

ती ओठमा गन्ध थिए फसाउने
प्रभाव आनन्द थिए रसाउने
घुलेछ पानीसित नूनका ढिका
उस्तै छ है अस्थिर कृष्ण राधिका

समुन्द्रले नै पसिना चुहाउँदै
आनन्दको सागरमा नुहाउँदै
सँधै सँगै मिल्दछ लाज छोपिने
फुल्दै छ त्यो फूल त साँझ रोपिने
वंशस्थ/इन्द्रवंशा-उपजाति -छन्द
ज, त, ज ,र / त, त, ज, र,

६) गजल
लेख्न खोज्यो हुँदै हुन्न मेटी दिएँ
याद तिम्रा निशामा घचेटी दिएँ

बन्न गाह्रो भएको छ प्रेमी त म
मृत्यु रोजेर जैले कलेजी दिएँ

सोध्नु पर्दैन मायाँ गरेकै छु त
यी भरोसा तिमीमै लखेटी दिएँ

हो त्यसैले भएँ आज एक्लो फगत
आँसु आँखा भरीको बलेसी दिएँ

७) गजल
प्रिये सँगिनी साथ पा‌ऊँ रमाऊँ
जसै चाँदनी रात पाऊँ हराऊँ

जरा प्रीतका यी अडे पुग्छ मायाँ
तिमीमा दुई हात लाऊँ समाऊँ

तिमी खेत बारी धरा सम्पदा हौँ
तिमी भित्र मायाँ फलाऊँ फुलाऊँ

तिमी फूल झैँ छ्यौ फुली राख डाली
म ती ओठमा ओठ लाऊँ न पाऊँ

कयौं स्वप्न मेरा तिमी भित्र घुम्छन्
म साकार बाटो समाऊँ सजाऊँ

८) गजल
सोच्छु यौटा कलाकार नै पर्छु म
रोकिदाँ आश लाचार भै मर्छु म

शब्दले भाव बोक्ने भए लेखनी
सङ्ग मायाँ लगातार नै गर्छु म

हात अौँला चुम्यौ शब्द छाद्यौ मसी
वाक्यमा भाव साभार नै भर्छु म

सिर्जना पुष्प भै फक्र मेरी प्रिया
यो जवानी सदाचार नै भर्छु म

९) म रामराजा
हे दुष्ट नेपाल लुटेर खाइस्
बनिस् तँ त्यै दुश्मन मुस्कुराइस्
चट्टान हूँ हम्मर हूँ छिना हूँ
म रामराजा त तिमिल्सिना हूँ

फोड्ने छु है पत्थर ठोक्छु ठोक्छु
बनाउँदै सुन्दर देश बोक्छु
सोच्दै छ नाथे मसिना झिना हूँ
म रामराजा त तिमिल्सिना हूँ

विश्वास आधार छ राष्ट्र मेरो
प्रकाश जसै बन्छु लुटी अँधेरो
नेपाल आमाकन दाहिना हूँ
म रामराजा त तिमिल्सिना हूँ

लुट्दै छ नेतो सरकार बाट
गरीबको नै घरवार बाट
आक्रोश हूँ क्रोध बुता चिना हूँ
म रामराजा त तिमिल्सिना हूँ

ढाल्ने छु सत्ता लुटपाट गर्छौ
विनासवादी जनघात धर्छौ
आवाज हूँ बाज जसै गिना हूँ
म रामराजा त तिमिल्सिना हूँ

होली पियौ दुष्ट घरै भित्र्यायौ
र वेद वेदान्त जरै घिच्यायौ
मार्ने छ है दानव नागिना हूँ
म रामराजा त तिमिल्सिना हूँ ।
छन्द: उपजाति

१०) गजल
भन्यो ऐनले नै म बेहाल बन्छु
बुझे है कुरा छैन नेपाल भन्छु

बुझाएर आए भए लम्पसारी
बलात्कारको रक्त आहाल बन्छु

भनिन् निर्मलाले रुँदै आत्म बाट
अरे बैगुनी चोट संसार बन्छु

धरा बेच्छ आमा सिमाना र साँध
नदी सुम्पिदैँ शुन्यको माल बन्छु

११) गजल
न रम्भा परी अप्सरा उर्वशी हौ
कि संसार नास्ने वृथा ओखती हौ

म नेपाल हूँ चम्किलो स्वर्ग जस्तै
तिमी त्यो सुनामी दिने त्रासदी हौ

म हूँ वेदका मन्त्र अौतारवाला
तिमी पञ्च स्वामी हुने द्रौपदी हौ

तिमी पश्चगामी र छाडा रहीछ्यौ
र पूर्वीय संस्कारमा दुर्मति हौ

तिमीले त होली पियौ या पिलायौ
तिमी दुष्ट नै दुष्टको श्रीमती हौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.