मानव अधिकारका कुरा गर्नेहरू . . . . .

Mira, Gyawali, मिरा ज्ञवाली, pallawa, पल्लव

मिरा ज्ञवाली

मानव अधिकारका कुरा गर्नेहरू
हिजोआज रक्सी भट्टी र पैसाको
बिटोमा बिकेका छन
सोझा र निर्धाहरू दिनरात
गरीवी मैँ पिल्सिरहेका छन
न्यायका लागि लड्नेहरू
हारगुहार गरिरहदा
अपराधीहरू छाती फुलाउँदै
खुलम खुल्ला हिडिरहेका छन्
खोई कहाँ छ मानव अधिकार ?

 

शहरमा जन्मजात रूपमै
स्वतन्त्र बनेर विश्वमै
किर्तिमान राख्ने शृङ्खला,
मेनका, बन्दना टेरिया
अनि
सुन्तली जस्ता छोरीहरू जन्मिरहँदा
गाँउमा निर्मला जस्ता सोझा चेलीहरू दिनदिनै बलात्कृत
बनिरहेका छन ।
अपराधीहरूलाई चिनेर पनि
नदेखेजस्तो गरि एकएक प्रमाणहरू–
मेटाईरहँदा नबोल्ने सरकार
खोई कहाँ छ मानव अधिकार?

देशलाई प्रगतिपथमा डुलाउनुपर्ने युवाहरू खाँडिको तातो मरुभुमिमा
ठेला र पसिनासँगै रहर र खुशी साट्न बाध्य बनिरहदा
कर्णालीका जनताहरू
गतिलो अस्पताल र एक ट्याबलेट
सिटामोल नपाएर मरिरहदा
एउटी छोरीको न्यायका लागि
लडिरहदा मानसिक स्थिति नै
गुमाउन बाँध्य बाबुको अवस्था देखेर पनि नदेखे जस्तो गर्दै
शहरका बिजुलीका पोल र पर्खालका भित्ता- भित्तामा
नयाँ युगको आभास पोस्टर छाप्दै देशको ढुकुटी रित्याउँछ सरकार !
खोई कहाँ छ मानव अधिकार ?

गाउँका सुन्तली, उजेली र मखमलीहरू काम र दामको
खोजीमा दलालहरूबाट दिनहूँ
दिल्ली मुम्बई र शहरका कोठीहरूमा
बेचिरहेका छन
पार्वतीहरू बोक्सीको आरोपमा
कुटिईरहँदा टुलुटुलु हेरेर बस्छ समाज !
छाउको नाउमा बाह्र दिदीवैनीले दाउ लगाई सके तर
फेरी पनि अस्ति बाजुरामा निर्दोष
दुई बालक सँगै आमाले जीवनको–
ईहलिला समाप्त गरिन कठै तिनको
दु:ख र बाध्यतामाथि अंकुस लगाउने,
समाजलाई सही बाटो देखाउन नसक्ने–
अरे खोई कहाँ छ मानव अधिकार ??

Mira Gyawali (Aastha)
Rupandehi,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.