सधै बाँचोस मेरो जन्मथलो

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

छर्दै मिर्मिरमा उषा किरणले आभा सुनौलो यहाँ ।
ज्योत्स्ना खस्छसधै म देख्छु धरणी यो जन्मदाता उहाँ ।।
मेरो सुन्दर शान्त प्रेम जनको आभाष बर्साउँछ ।
जन्मै प्यास नमेटिने प्रहर यी आभा सधैँ छाउँछ ।।
(१)
बासन्ती पल राग का नव छटा यो प्राणको कुञ्जमा ।
रोदी रम्य वनिरहोस् मिलनमा प्राणै सरी प्रीतमा ।।
सारा बाँच्न सकुन् यसै भुवनमा सत्भावका साथमा ।।
फैलुन् शान्ति र सत्य साथ जगमा एक्लो सधैँ रातमा ।
(२)

 


यो मेरो मुटु हो यसै पवनको बस्थेँ पखेरा मुनी ।
सुन्थेँ गीत सधैँ यि शुद्ध झरना यो राग प्रेमी बनी ।।
आफ्नै शैशव भावका रहरमा आभा फिजाई यहाँ ।
इन्द्रेणी सित नाचदै सगरका तारा म गन्थेँ यहाँ ।।
(३)
मेरो बालपना कथा नजिकको सारै पुरानो भयो ।
मेरो यै मुटुमा भरिन्छ जहिल्यै सन्देश मीठो छयो ।
मेरो जन्म भयो यही जगतमा संस्कार ली माथमा ।
बाँचेको छु सधैँ यसै प्रकृतिमा सम्मानका साथमा ।।
(४)
चोखो प्रेम थियो सदा हिउँसरी आफैँ बनी सिर्जिने ।
पानी निर्मल चारु साश्वत कला प्रारूपमा सोभिने ।।
आभा दिल्छ मलाइ चुम्बन गरी नौलो उषा कालमा ।
सारा भू तल यो सदा मयुर झैँ नौ रूपको हालमा ।।
(५)
वासन्ती पलमा सदा भुवनमा रंगीन थुङ्गा वनी ।
यो सानो मुटु कुञ्जकुञ्ज बिचमा भर्दै छ बुट्टा वनी ।।
लत्रेका फल यी फुली कुसुममा सारा घना जंङ्गल ।
सारै गर्व थियो मलाइ थलको सारै थियो मंङ्गल ।।
(६)
माटो मल बनी रहन्छ र यहाँ त्यो वाल कालै भरी ।
आत्मा खिन्न हुँदैछ आज पथमा यो प्राण भागे सरी ।।
त्यो थ्यो प्रेम सधैँ कुसुम वनमा क्वली चरी बास्दथे ।
माटो खेल र बाल गीत मनले सारा सखा गर्दथे ।।
(७)
पानी घाम बतासको पवनमा झेलेर खेल्थ्यौँ कति ।
हाँसो नाच छ शुद्ध शान्त मनमा खेलेर बस्थ्यौँ अति ।।
मेरो जीवनमा र शान्त मनमा बाढी बनी उर्लियौ ।
हे माता जननी यही जनम की दाता बनी कुर्लियौ ।।
(८)
शार्दूल विक्रीदित छन्द
म स ज स त त गु
SSS IIS ISI IIS SSI SSI S

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.