‘बन्द झ्याल र ढोकाहरू’

Mira, Meera, Timilsina, मिरा तिमिल्सिना ‘धरा‘, pallawa, पल्लव

मिरा तिमिल्सिना ‘धरा‘

को हो..?
सायद आफ्नो ठानेकोले सोध्यो
झम्के साँझ मौनता चिर्दै लम्केका पाइलाहरू
भक्कानिएको हृदय
अनायस
बीच आँगनमा रोकिएका पदचाप
घरको मझेरीमा परेका आँखाहरू
सर्दै झ्याल र ढोकामा पुगेर रोकिन्छन्
ताला झुन्डिएको ढोका
ढप्क्याइएका झ्यालहरू
मौनता छिचोल्दै
निस्कन्छ आवाज आमा………..!

 


प्रति उत्तरमा
घरले उहीँ आमा फर्काउँछ ।

साथमा रहेकी बच्ची अवस्था बुझी गन्गनाउँछे ।
ममी कहाँ सुत्ने……..?
के खाने?
उसलाई के थाहा !
ती बन्द ढोका र झ्यालले
उसकी आमाको एक गास र बासमात्र खोसेन
खोस्यो सुन्दर भूत, वर्तमान
अनि भविष्य पनि……..
वात्सल्य गुम्यो ।
आशीर्वाद गुम्यो ।
गुम्यो आड र भरोसा पनि !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.