‘साहिँला तँ अलिकती सोझो छस कि?’

Shribhakta Achut Wagle, श्रीभक्त अच्युत वाग्ले, pallawa, पल्लव

श्रीभक्त अच्युत वाग्ले

घर त सबैका छन
मेरो अलिकती ठुलो होकि ?
मन त सबैका छन
मेरो अलिकती कमलो हो कि?
दिल त सबैका छन
मेरो अलिकती उदार हो कि?
खै ! के भनौ कतै
मेरो बुझाईमा पो शंकाहो कि ?

सोच सबैका छन
मेरोअलिकति फराकिलो हो कि?–

 


भाबना सबैका छन
मेरो अलिकती गहिरो हो कि?
रस सबै भित्र पग्रीन्छ
ममा बढि रसदार छ कि?
त्यसैले सबै भन्छन
साँहिला तँ अलि सोझोछस कि?

भाईचारा र बिश्वबन्धुत्वको भावनामा
उर्लिएको मन
नैतिकता झुत्रे भएर बिश्व सामु
हात जोडेर बिदा मग्दैगरेको दृश्य ले
साँहिलो हतास र कम्जोड भएको छ
त्यसैले सबैको अगाडी हात जोडेर बिदा माग्छ
र नैतिकता संगै पछिलाग्छ
टाडा छितिजमा धमिलो हुदै हराउँछ ।

श्रीभक्त अच्युत वाग्ले
नबिन पथ चितौन
२०७५/०९/१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.