“गजल”

Devaki, Dhungana, देवकी ढुङ्गाना, pallawa, पल्लव

देवकी ढुङ्गाना

हाँस्नु छ मैले यो सन्सार हँसाउनु छ
अन्धकारलाई उज्यालो भित्रै फसाउनु छ ।।

दिदै आफ्नो नामको सच्चा त्यो परिचय
मानवताका अनगिन्ती यादहरू रसाउनु छ ।।

खोजी – खोजी क्रोध र अपराधहरूलाई
कठोर नजिर भित्र लगी पुन कसाउनु छ।

 

लुटिएका नारी अस्मिताको जंघारमा गइ
न्यायका कठोर साङ्गलाहरू पसाउनु छ।

आँखा भएर अन्धा भएका ति मानवहरूको
आँखा वरिपरि सुन्दर यो बस्ती बसाउनु छ।।

देबकी ढुंगाना ‘निर्दोषी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.