सपनाका डोबहरू

Chhiring, Sherpa Abiral ,छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

उकाली उक्लिएर
तेर्सिएको गन्तब्य नियाल्दै
जिन्दगीको एक सुस्केरा
सुसेल्दै ओराली झरे पछि
बगीरहेको खोलाको तीर सङ्गै
सुसाईरहन्छ एकनासले
अनबरत
आशा र भरोसाका
एक गुटको तिर्खा पिउदै
उक्ले पछि
रहरको धरातलमा उभिरहेकी
उनी लाई सोध्न मन लागेको छ–

 


पर्खाई सङ्गै ओइलिएको
तिम्रो यथार्थमा
मेरो अनुपस्थिती फिक्का भयो
मैले तिम्रो जिन्दगीको पलहरूमा
हरियालीको मिठो वसन्त छर्न
नसके पनि
हराएका छैनन मेरा
सपनाका डोबहरू
म नियाल्दैछु हरेक पल
बिहानीको झिसमिसे सङ्गै
उदाएका रहरहरू
अनि भर्दैछु
नया जोस अनि चाहनाका
पानाहरू
पोत्दैछु ईच्छा अनि आकाङ्क्षाका
रंगहरूपनि
जिन्दगीको क्यानभासमा
एउटा नवीनताको सुरुवात
हरेक पलहरूभित्र सङगालेर
तिम्रो मलिन अनुहारमा
सुन्दरताको रङ्ग छर्दै
इन्द्रेणीको सातै रंगहरूमा
खोज्दै तिम्रो मुहार
अनि खोज्दैछु सपनाको एउटा देश
जहाँ सबै रहरहरू फुल्नेछन
अनि उदाउने छन नौलो बिहानी
त्यसैले त म
पछ्याउँदैछु खोज्दै
सपनाका डोबहरू
केवल तिम्रो लागि…….

छिरिङ अविरल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.