लक्ष्मीदत्त भट्ट का जोर गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

गजल– १,
कैलाशको शिखरमा सधै टल्की बस्छौ तिमी
पुनमको जुन सरी दिल्मा झल्की बस्छौ तिमी

कुशमको सुभाश छरी लठ्ठ पारी सबैलाई
दिपकमल ज्योती बनी सधै सल्की बस्छौ तिमी

परानीका मोडहरू उकाली र ओरालीमा
शान्ति बनि यो दिलमा सधै छल्की बस्छौ तिमी

 

प्रभाको यो उषा किरण लाली चढ्यो शिखरमा
निरीहको बस्ती बस्ती सधै पल्की बस्छौ तिमी

अज्ञानीमा ज्ञानी बनि सधै छायो धरा भरी
सत्यमा नै सत्यप्रेमी सधै हल्की बस्छौ तिमी ।।

गजल– २,
सबै साथ मिल्दै रमाएर बस्ने
जसो काम पायो कमाएर बस्ने

न रोजौ सहारा अज्ञानीहरूको
बिबेकी ती हातै समाएर बस्ने

बतासे कुरामा न अल्झेर साथी
यहाँ सत्य के हो ठमाएर बस्ने

कतै मिल्छ गाली कतै मिल्छ माया
सबै प्रेमि मान्दै सजाएर बस्ने

यहाँ बिघ्न बाधा अनेकौं मिले नी
भरोसा र आसा बनाएर बस्ने

यहा माम मागे हुने गर्छ गिल्ला
सधै माम आफै पकाएर बस्ने

छन्दः भुजङ्गप्रयात, बहरे मुतकारि मुसम्मन् सालिम
सूत्र ः फऊलुन् × ४ (।ऽऽ × ४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.