गजल

Mira, Baral, मिरा बराल, pallawa, पल्लव

मिरा बराल

सगरमाथाको शिर सम्झी सलामी गरिरहेछु
अन्जानमा कुनै मुसाफिरको गुलामी गरिरहेछु ।

हाँस्ने खेल्ने इच्छाहरू थन्क्याएर कफन भित्र
मत प्रत्येक विहान आफ्नै मलामी गरिररहेछु

जिन्दगीको लाल्टिन खोज्दै प्रदेश तिर भौँतारिँदै
नबुझिने काम गर्न विदेश तिरै आँटिरहेछु ।

 

बा–आमाले सोध्दा खेरि हरेक कुरा ठिक छ भन्दै
सधैभरी आराम कुशल भन्दै मेले ढाँटिरहेछु ।

माफी दिनुस् आमा मलाई बाध्यताले यस्तैपर्यो
अश्रुपुरीत जिन्दगानी लिलामीमा काटिरहेछु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.