गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

वग्दा आँसु पानी सम्झी लौ पिएर जाउ।
सडक हुँ म त प्रिय कुल्चिएर जाउ।।

मैले मर्दा दिनरात ज्वाला भित्र जली।
तिम्रो मुटु हाँसी खुसी भो सिएर जाउ।।

सधैँभरी मीठा ती सजाएर सपना।
रातमा रम्दै विहान ब्युझिएर जाउ।।

 

भुल्यौ भने वितेका सारा अतीतहरू।
पर्खी पर्खी गोरेटोमा सम्झिएर जाउ।।

छुट्यो भने केही कुरा अनायास त्यसै।
यादहरूपूरा पुर सब लिएर जाउ।।

नाम: भगवती खनाल`सुनाखरी´
नुवाकोट त्रिशुली विदुर आठ केउरीनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.