गजल

Niru, Neeru, Koirala, निरू कोइराला, pallawa,पल्लव

निरू कोइराला

परिवर्तन चोक चोकमा आगो बालेर हुन्न
हे नेपाली जनता ति भ्रष्टचारी पालेर हुन्न

बिकास कहाँ कति भयो ख्याल गर्ने गर
महिना र बर्षै पिच्छे भोट मात्रै हालेर हुन्न

अझै सेलाएन खै निर्मला बलात्कार घटना
सजाय देउ पोलपोलमा पोस्टर फालेर हुन्न

 

धेरै सुनियो भाषण यस्तो र उस्तो गर्छु भन्ने
भाषणरले मात्र जनताको मुख टालेर हुन्न

आफ्नु देश बचाउन आफैले केही गर्दै जाउ
रगत बगाउदै संधै निर्दोशले शरिर ढालेर हुन्न।

निरू कोइराला
काभ्रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.