यथार्थ !!

Uttam, Kumar, Pokhrel, उत्तम कुमार पोखरेल, pallawa, पल्लव

उत्तम कुमार पोखरेल

शिर शिर गरि चल्दछ हावा शरिरमा छोएर
अदृश्य रूपको महसुस गर्छु सितल पाएर
स्वासको गति चलाउँछ त्यसले आत्मामा बसेर
प्रणको स्वरूप लिएर बस्छन् जीवमा पसेर !!

आकाश माथी बसेर हेर्ने ती ईश्वर रूप हुन
सूर्य र चन्द्र दिन रात सधै हेरेर बस्दैछन
सक्दैनौ छल्न तिनको आँखा प्रकृति तिनै हुन
कु-कर्म सारा लेखेर राख्ने निर्णायक तिनै हुन !!

 

गर्दछौ शेखी के छ र तिम्रो आफ्नो नै भनेको
त्यो देह तिम्रो चल्दैन तेसै खोई तिमिले चिनेको
हावा र पानी आगोलाई साथ लिएर हाँस्दैछिन्
प्रकृति रूप संरक्षण गर्न तल्लिन हुँदैछिन !!

जन्मेर आयौ संसार माझ आमाको काखमा
ती आमा किन पराई देख्छौ राखेर पाखामा
दशधारा दूध त्यो न्यानो काख कसरी भूल्दछौ
मनमा पीडा लिएर रून्छिन उनलाई छोड्दैछौ !!

लाग्ने छ पाप तिमिलाई सधै आँसुको धाराको
मोक्षको बाटो हिँड्नु छ तिमिले मातृत्व सुखको
नविर्स तिमी त्यो माया कहिल्यै गरेको सेवालाई
शब्दको भाव त्यो मिठो बोली पाउँदैनौ किन्नलाई !!

उत्तम कुमार पोखरेल
सूर्य विनायक-३ भक्तपुर
२०७५/०९/३० गते सोमवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.