मिरा ज्ञवालीका जोर गजल

Mira, Gyawali, मिरा ज्ञवाली, pallawa, पल्लव

मिरा ज्ञवाली

गजल– १,
खुशी हुने भन्दा पनि रीस, पोख्नेहरू धेरै पाए
सम्पति ईगो बनाई कित्ता, तोक्नेहरू धेरै पाए !

गल्ति के नै गरे मैले, कर्तब्यलाई पालन गर्दा
सधै मेरै बैगुन देखार्इ, खोक्नेहरू धेरै पाए !

जे मा पनि राम्रै थिए, चाह सबैलाई राम्रो गर्ने
धसाउन कैयौ पटक, ठोक्नेहरू धेरै पाए !

 

सोझी थिएँ छलकपट गर्न पनि नजान्ने म
सबैलाई बिस्वास गर्थे तर, टोक्नेहरू धेरै पाए !

सक्छौ भने देउ साथ, सक्दैनौ छाड कुरा काट्न
अघि बढ्ने पाईला सधै, रोक्नेहरू धेरै पाए !

गजल– २,
नराम्रा काम गर्नेहरूलाई अभिनन्दन ताली हजुर
राम्रा काम गर्नेहरूलाई खुट्टा तान्छन गाली हजुर !

सुन कान्ड, जहाज कान्ड बिगबिगी बलात्कारको
अन्यायमा न्याय देख्ने कस्तो सरकार जालीहजुर !

जति सुकै कमाउ खाउ जानि आखिर नांगै न हो
बिना मलजल कुनै पनि सप्रिदैन बाली हजुर!

बिग्रेको छ बाटो घाटो भत्केका छन पुल मन्दिर
बिकास गर्ने केहि होईन थोत्रा भाषण खाली हजुर !

ढुकुटि नै रित्याउदैछन नेता जति यस आराममा
गरीबलाई त शित छल्ने चाहिएको छ पाली हजुर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.