धेरै भयो भेट भाछैन साच्चै तिम्रो के हाल छ ?
म त निकै बिरामी छु सुन्छौ भने वेहाल छ !
माइती टाढा घर नि टाढा सक्रान्ति नि आयो गयो
हासी खुशी बस्नु तिमी लेखी पठाऊ जे हाल छ !!
उषा बनी आएर त्यो संन्ध्या बनी मेटीनलाई
किन आउँछ मेरो साथी दिलमा त्यसै रेटीनलाई
होलान कुनै बाध्यता र बिवषता त उस्का पनी
दुई दिनको जिवन हाम्रो छुट्टीन र भेट्टीनलाई ।।
तिमी पक्कै खुशी हुने छैनौ मेरो उपहारबाट
सबै पढिसकेकी छु मैले तिम्रो अनुहारबाट
देश बेचेरै टोपी लगाउँनेको कमी देख्दिन यहाँ
राष्ट्रीयता त आफैँ झल्किन्छ उस्को व्यवहारबाट ।।
यो डायरी उसैले दिएको हो उपहार भनेर
मेरो हर लेखनीको उचित पुरस्कार भनेर
खाली पाना भरी त उस्कै तस्वीर देखिन्छ
कुन शब्दले सम्वोधन गरू म इमान्दार भनेर ।।
मुस्कुराउँछु मन मिल्ने साथी भएपछि
पिउँने भन्दा पिलाउँने जाति भएपछि
मरिलानु के नै छर दुई दिनको जिवन
कस्ले भन्छ संगै पिउँ माथी गएपछि ।।
रात बिताउछु जूनसंगै दिन घामसंगै
जानेकी छु रमाउन आफ्नो कामसंगै
पार गर्दै जिन्दगीका निकै कठिन यात्रा
बनाउँदै छु परिचय आफ्नो नामसंगै ।।
फूल सम्झे जिन्दगी यो फूलै फूलको बारी
काँडा सम्झे जिन्दगी यो हुन्छ काँडा घारी
नदी जस्तो बग्ने जिवन फर्किन्छ र कहाँ
छुट्याई दिन्छ किनाराले खोला वारी पारी ।।
रंगी चंगी फूल अनि उस्तै पातहरू
कस्ता होलान बनाउने सुन्दर हातहरू
दुई वैनीको मिठो भेटघाट तातो कफीसंगै
धर्ति आकाश संगै जोड्ने मिठा वातहरू ।।