भो, सम्झना यो किन . . . . . ??

Kalanidhi, Dahal, कलानिधि दाहाल, pallawa, पल्लव

कलानिधि दाहाल

भो, सम्झना यो किन– १,
नाता नैकटको छ सुन्न रसिलो-बानी उता मेलको
सारा देह मुसारदै खुशखुशी-क्या खेल यो खेलको ?
टीका टाँस्न हतार पाउ तलमा-ढोग्ने भएका मन
भित्री चाल अझै उता अरु उता-भो,सम्झना यो किन ??

गर्नैपर्छ भने खुला रहि गरे-कोट्याउने को छ र
नाना नाटकका हिडे भ्रमणमा-पत्याउने को छ र ?
निर्लिप्ती सब चाल ढाल तनको-पर्दा छ खुल्ने छिन
जम्मै ह्वाङ्ग हुनेछ साइत कडा-भो,सम्झना यो किन ??

 

भो,सम्झना यो किन– २,
आउन् बुद्ध अगाडि छैन यिनमा-छान्ने र देख्ने कला
बुद्धू हुन् तर हुन् झिमिक्कझिमकी-सर्छिन् उसैका थला !
भन्छिन्”हुन्न र के यहाँ सँग यता-गर्नु मीठो चुम्बन”
निर्लज्जा अनि लज्ज लज्जित यिनी-भो,सम्झना यो किन ??

सोध्दा झूठ सधैँ छ जाल मुखको-जञ्जालका जालको
हेर्दा देख्नु छ त्यै अजीव वयको-कालो महाकालको !
यौटै पल् न छुटी खिटिक्क कति हो-तस्वीर छन् छिन्छिन
ज्यादा रङ्गविरङ्गमै अझ यता-भो,सम्झना यो किन ??

भो, सम्झना यो किन– ३,
वर्षौँवर्ष बिताई व्योम नजिकै-दादा र बैनी बनी
राखी हातभरि सजेर सहजै-टीका लगाको पनि !
टीकाका दिनदेखि नैकट बनी-नाता बनेका पन
ऐले नै छ कि झैँ भएर यसरी-भो,सम्झना छिन्छिन !!

लक्का पुत्र जवान वर्ष बीसमा-लम्केर हिड्छन् यिनी
पुत्री सत्र पुगिन् समान कदका-देख्दै यी छिन् चाँदनी !
बाबा डाक्टर छन् अथाह धनका-राखी न सक्ने धन
यस्ता त्याग गरेर गायव भए-भो,सम्झना त्यै दिन !!

भो,सम्झना यो किन– ४,
वर्षौँवर्ष बिताई व्योम नजिकै-दादा र बैनी बनी
राखी हातभरि सजेर सहजै-टीका लगाको पनि !
टीकाका दिनदेखि नैकट बनी-नाता बनेका पन
ऐले नै छ कि झैँ भएर यसरी-भो,सम्झना छिन्छिन !!

लक्का पुत्र जवान वर्ष बीसमा-लम्केर हिड्छन् यिनी
पुत्री सत्र पुगिन् समान कदका-देख्दै यी छिन् चाँदनी !
बाबा डाक्टर छन् अथाह धनका-राखी न सक्ने धन
यस्ता त्याग गरेर गायव भए-भो,सम्झना त्यै दिन !!

भो, सम्झना यो किन– ५,
चञ्चल् चञ्चल छिन् छ सामु अरु क्वै-देखा परे चाप्लुस
त्यस्कै पास पुगी अझै नजिक गै-गर्छिन् सधैँ खास्खुस !
लट्ठिन्छिन् अझ डम्बरू चटकमा-फन्की यता फन्फन
सच्चा प्रेम हुदो रहेछ र भयो-यो सम्झना छिन्छिन !!

बुझ्ने छैन सुगन्ध गन्ध कुन हो-सुन्दा मीठो भै दिए
छान्ने छैन सुभाव भाव कुन हो-आई त्यतै लट्ठिए ?
झ्वाम्मै गै अझ पासमै निकटमा-गर्छिन् नवालिङ्गन
देख्दै हेर्न सकिन्न हो तर अझै-भो,सम्झना यो किन ??

सोध्दा झूठ सधैँ छ जाल मुखको-जञ्जालका जालको
हेर्दा देख्नु छ त्यै अजीव वयको-कालो महाकालको !
यौटै पल् न छुटी खिटिक्क कति हो-तस्वीर छन् छिन्छिन
ज्यादा रङ्गविरङ्गमै अझ यता-भो,सम्झना यो किन ??

भो, सम्झना यो किन– ६,
यौटा काठ कतै न ठोसि कहिल्यै-आगो यता बल्छ र
झिल्का झर्झरमा झपक्क बलने-के प्रेमले पोल्छ र ?
जस्ता द्वन्द अगम्य छन् उति त्यतै -छन् प्रेमका ह्यूँचुली
गाढा प्रेम पलाउने स्थल भरी-चैतन्यका खुल्दुली !!

अन्तर्मानवता अनन्त लहरी-झर्नासँगै झर्दछन्
छल्का छाल तडाग क्वै त अरु क्वै-चट्टानमा पर्दछन् !
ठोक्की ठक्करमा उता तल झरी-तैरी तरङ्गाङ्कन
जस्तै,द्वन्द उठी भई शमन यो-हो,सम्झना भो, किन ??

क्या देखिने सुन्दर !!
त्यो एकान्त अनन्त अड्न सकिने-एकान्त सुन्सानको
त्यो एकान्त अनन्त उड्न सकिने-सुन्सान एकान्तको !
त्यो एकान्त अनन्त हिड्न सकिने-एकान्त सुन्सानको
त्यो एकान्त अनन्त हेर्न सकिने-एकान्त सुन्सानको !!

त्यो एकान्त अनन्त बोल्न सकिने-सुन्सान निस्तव्धको
त्यो एकान्त अनन्त खोल्न सकिने-सुन्सान निस्तव्धको !
त्यो हो मेरठ चेतना चर दरो- सञ्चेतनाको घर
छन् निस्तव्ध सधैँ सधैँ तर सबै-क्या देखिने सुन्दर !!

Kalanidhi Dahal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.