चिरञ्जीवी ढकाल का सत्र गजलः

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल-१
बन्दुक होइन कलम, समाउने कुरा गर।
आमाको घाऊमा मलम,लगाउने कुरा गर।

आँफुले त गरेनौ ,देश नै वर्वाद गरिदियौ,
कम्से कम गर्नेलाई त, सगाउने कुरा गर।

रिस राग लोभ लालचले,द्वोयष जन्माउँछ,
त्यसमा फँसेको आत्मालाई,जगाउने कुरा गर।

 

स्वर्ग जस्तो देशमा के,दरिद्रता सुहाउँछ र?
के गरेर सम्भव हुन्छ, भगाउने कुरा गर।

जति फटाउनु फटायौ,दिल यत्ति नै काफीछ,
खोजी अब प्रेमको धागो, तगाउने कुरा गर ।

गजल- २,
कराएर हुन्छ, न रोएर हुन्छ।
न त आँसुले, भाग्य धोएर हुन्छ।

धोकेवाजको धर्म,धोकै दिने हो,
कहाँ तामा तुलसी,छोएर हुन्छ?

बाहिर मायाँ, देखाउँदैमा हुन्न,
मन भित्रको गाँठो,फोएर हुन्छ।

माली कै भरले,हुन्न वाग रङ्गिन,
आफ्नै हातले,बिज बोएर हुन्छ ।

गजल- ३,
नहोला भन्न सकिन्न, हार पनि एकदिन।
हार्न सक्छ असल,बिचार पनि एकदिन।

हेर्दै छु म ती रित्तिएका, ठुला ललाटहरु,
रहन्न ठुलो हुनुको ,सार पनि एकदिन।

सिंहलाई पनि आकाशको,फल हुन्छ हेर,
समय घर्किएसी, सिकार पनि एकदिन।

सपनाको पछि कुद्नु हुन्न,भन्थे हजुर बा,
खान पर्न सक्छ नाति,मार पनि एकदिन।

मेरो घरमुनीको खहरे र, उस्तै हो जन्ता,
उर्लेर बदल्न सक्छ, धार पनि एकदिन ।

जतिसुकै अग्ला पर्खाल,लगाई बस तिमी,
भत्किन्छन तिम्रा ,छेकबार पनि एकदिन ।

गजल- ४,
सके समाऊ नसके छोड, बाल भएन।
न नजिक न टाढा भो तिम्रो,चाल भएन।

यो मन थियो एउटा,सहाराको खोजिमा,
आखिर झरिमा बचाउने, पाल भएन।

कैले लरक्क कैले तरक्क, वा रे वैमानी,
यति खतरनाक त त्यो, ईन्द्रजाल भएन।

झर्दै गए आँसु ,सुकेर गए जमिनमा,
दसी देखाउन फेवा रूपा, ताल भएन।

पीडा त तिमीले,दिल खोलेरै दिएका हौ,
तर टपक्क टिपेर लाने, काल भएन ।

गजल- ५,
लौ तिलक घसेर आउनु, युद्ध मैदानमा।
हो कम्मर कसेर आउनु, युद्ध मैदानमा।

छल गरेर लगाएको , अविर के अविर?
ढोकै बाट पसेर आउनु, युद्ध मैदानमा।

फुर्केको रुखको भर, नगर्नुस ए हजुर,
जमिनमा बसेर आउनु, युद्ध मैदानमा।

अगाडि मुस्कुराई,पछाडि छल नगर्नुस,
त्यो करुणा डसेर आउनु, युद्ध मैदानमा।

मेवाको झैँ जरा छ, सत्ती साल ठान्नु हुन्छ?
अल्ली जरा धसेर आउनु, युद्ध मैदानमा ।

गजल– ६,
अर्कैको सिक्री, बानेर गयौ।
छातीमा किला, हानेर गयौ।

कसरी बाँच्ला,सोचिनौ प्रिया,
पराय लाई, छानेर गयौ।

बाटिदै थियो, प्रितीको डोरी,
बिचैमा पोयो, तानेर गयौ।

भएको सबै, दिएकै थिएँ,
के मा अपुरो, ठानेर गयौ?

जल्दैछ मेरो , कोमल मुटु,
बल्दो आगोमा, घानेर गयौ।

गजल- ७,
तिम्रो नसाको तलतल, बढ्यो प्रिया।
भेट्ने चाहना पलपल, बढ्यो प्रिया।

सक्दिन रोक्न म एक्लै, वेग मुटुको,
थामी नसक्नु हलचल, बढ्यो प्रिया।

धेरै कोसिस गरेँ, ढुङ्गा बनाउन,
सकिन झन दलदल, बढ्यो प्रिया।

जब शिर बाटै, तप्कन थाल्यो वर्षा,
यो खहरेको कलकल,बढ्यो प्रिया।

अब के हुन्छ ,म भन्नै नसक्ने भएँ,
म र मनको छलफल, बढ्यो प्रिया।

गजल- ८,
कोही दान गर्छन कोही, लुट्छन यस्तै देखियो।
कोही जोगाउछन कोही, भुट्छन यस्तै देखियो।

कसैको हप्तौं माड, लाग्न पाउँन्न ओठमा यहाँ,
कोहीकोही घण्टा घण्टामा,चुठ्छन यस्तै देखियो ।

अल्छी तिघ्रो स्वादे जिब्रो,नालायक निकम्माहरू,
रहे सम्म यो देशमा पार्टी ,फुट्छन यस्तै देखियो।

भाग नपाउँदा सम्म, सडकमा आगो दन्काईन्छ,
जब पाईन्छ भाग बिलो, जुट्छन यस्तै देखियो ।

अधिकार माग्नेहरुलाई, जेल हालिन्छ यहाँ,
ज्यानमाराहरु पैसाले, छुट्छन यस्तै देखियो ।

कहिले जन्मिएला खै ,यो राष्ट्र मेरो भन्ने नेता?
जनताका सपना सधैं ,टुट्छन यस्तै देखियो ।

गजल- ९,
बिस्तारै तिम्रो कदम, लस्किदै गा छ अचेल ।
सम्बन्धको पेरी फेरी, खस्किदै गा छ अचेल ।

ईसारै ईसारामा, बात गर्ने परेली पनि,
आफ्नै आँखा सँग लाग्छ,ठस्किदै गा छ अचेल ।

भएकी छौ टाढा टाढा, खै किन हो?म बुझ्दिन,
अर्कै सँग प्रित डोरी, मस्किदै गा छ अचेल ।

रहन्छ कि रहदैन, अब हाम्रो अपनत्व ?
नढाँटेर भन्दा मन, झस्किदै गा छ अचेल ।

हटाउन खोज्यौ र कि, मुट देखि मुटुलाई,
खै किन हो भित्र तिर, चस्किदै गा छ अचेल ।

गजल- १०,
बसेकोछु बोकेर म त, रहर पुरानो।
बस्यौ तिमी रमाई उतै, शहर पुरानो ।

दिन रात कटाउन, सकस भएकोछ,
झन्झन मौलाएर त्यो, कहर पुरानो ।

शंका त लागेकै थियो,तिमी जाने बेलैमा,
सावित भएर छाड्यो मेरो, ठहर पुरानो।

दिन रोएर, रात, झस्किएर कटाउँछु,
भित्र भित्रै पोल्छ प्रेमको,जहर पुरानो।

यो जिन्दगी गजलै गजल, बनाई दियौ,
जति लेखे नि सकिएन, वहर पुरानो ।

गजल- ११,
बाडिन्छन् कुर्सीका खातिर,बिचारमा मेल हुनेहरू।
रहर गर्छन् मियोमा बस्ने ,परिक्षा फेल हुनेहरू।

सुनका बाला लगाएर, हिडेका छन सडकमा जो,
भ्रष्टाचारको मुद्दामा आज, हतकडी नेल हुनेहरू।

नियम कानुन हिडेकाछन, सेतो छडी समाएर,
दिउँसै बाटो छेक्छन नसा,मदिराले रेल हुनेहरू।

आचार बिचार सबै,तिलान्जलीमा परेकाछन र त,
छुट्दैछन हत्या हिंसा, अपराधमा जेल हुनेहरू।

बहादुरहरुको देश आज ,संसान झैँ भएकोछ,
प्रदेशमा भरिएकाछन, हड्डीमा तेल हुनेहरू।

गजल- १२,
मनका मैला धोएर सबै,फेकिने दिन आओस।
दुखी गरीवहरुको घाऊ,सेकिने दिन आओस।

हटाई सारा मन मुटाव,नेपाली नेपाली बिच,
फेरि त्यै पुरानो भाईचारा,देखिने दिन आओस।

कुराले होइन अब ,कामले अब्बल बन्नु पर्छ,
उत्पादन गरेर पौरख, बेचिने दिन आओस।

संसार कै धनी देशका,गरीब जनता हाम्रो पनि,
मंगल,चन्द्रमा मा पाईला ,टेकिने दिन आओस।

दत्तचित्त भई कर्म गर, अवसर जुटेको छ,
स्वर्ण अक्षरमा तिम्रो नाम,लेखिने दिन आओस।

गजल- १३,
कोही मर्छन कोही ,जन्मन्छन यस्तै हो।
कोही भित्रन्छ कोही,अन्मन्छन यस्तै हो।

श्रृष्टी कर्ताले तोके जस्तै,जो कर्म गर्छन्,
उनी नै संसारमा ,चम्कन्छन यस्तै हो।

कसैको रिस गरेर हुन्न, सिको गर,
गरेमा सु दिन ले,सम्झन्छन यस्तै हो।

भित्र मनमा, राम्रो ग-यो भन्ने लागे नि,
बुच्पुचाई बाहिर, बम्कन्छन यस्तै हो।

अगाडि ठिक्क पार्ने, चलन नै हो हाम्रो,
पछाडि माँखा बनी,भन्कन्छन यस्तै हो।

गर्नेको कुरा काटी , बस्छन मुर्खहरु,
बुद्धिमानी नसुनी, लम्कन्छन यस्तै हो।

गजल- १४,
अगाडि गर्माग्रम, सुरा होस र पो गोधुली।
संगीत गुन्जाउने, चुरा होस र पो गोधुली।

भुलाई मन्का सबै, नमिठा पलहरूलाई,
मात्रै प्रेमलापका,कुरा होस र पो गोधुली।

सही नसक्नु पार्ने, देब्रे पाटोका खिलहरु,
काटे कुटेर फाल्ने,छुरा होस र पो गोधुली।

तन तातोस मन तातोस, मौषम तातोस,
तर कुरा भने, मधुरा होस र पो गोधुली ।

आँखामा मात होस,अनि गाथमा गाथ होस,
सबै मनोकामना, पूरा होस र पो गोधुली ।

गजल- १५,
सुख्खा बन्जर पाखाहरुमा,कुलो देख्न पाऊँ।
सबको घरमा धुवाँ उड्ने,चुलो देख्न पाऊँ।

कतै धेरै कतै थोरै, गर्ने प्रथा हटाउने,
सबैलाई बराबरी गर्ने, तुलो देख्न पाऊँ।

जोगाउन सकौँ ,पुर्खाको नासो सगरमाथा,
सगरमाथा शिरमा सधैं, ठुलो देख्न पाऊँ।

सिंगार्न नसके नी, रक्षा गर्न सकुँ आमाको,
कू-दृष्टि राख्ने बैरी आँखामा,फुलो देख्न पाऊँ।

मलाई बरु अन्तरिक्षमा, पुग्ने रहर छैन,
नेपाल आमाको पैतालाको, धुलो देख्न पाऊँ ।

गजल- १६,
अरे जे पनि त हुन सक्छ, रात चढेपछि।
प्रेमको डालीमा त्यो प्रेमिल,पात चढेपछि।

जति रोकिन्छु भनेपनि,मिथ्या हुन्छन् प्रयास,
लर्किन्छ कदम नजरको, मात चढेपछि।

चुलिएर रहरहरु, सगरमाथा बन्दै,
मष्तिष्कमा मधुर नसाको, घात चढेपछि।

झुक्नलाई बाध्य हुन्छ,अहम्ताको घना पनि,
सल्बलाउँदै अंग अंगमा, हात चढेपछि।

अजङ्गै होस सतिसाल, नढली फुर्सद कहाँ?
समाउँदै डाली बिपरित, जात चढेपछि ।

गजल- १७,
सर्किदैछन बिस्तारै हात,चोलीको तुनातिर।
छर्लङ्गै देख्दै छु म, मेहफिलको कुना तिर।

साईत जुराउँदैछिन, कृष्णको राधिकाले,
नजर डोर्‍याउँदैछिन, दहीको दुनातिर।

नाघिदैछ लक्ष्मण रेखा, प्रलय हुन सक्छ,
बढ्दैछन दुबै कदम, बेगले चुनातिर।

पग्ली त हाल्दो रैछ मन, रूप रङ्ग न भा नी,
बेला छदैमा आफ्नो ध्यान, पुगेन जुनातिर।

फैलिदै आयो राप, रातो पिरो भएँ म पनि,
पारो थोरै घटाउन, सर्किदैछु मुनातिर ।

चिरञ्जीवी ढकाल
ने ग उ म न पा-२०
राँझा एयरपोर्ट बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.