गजल

Ambika, Karki, Bharatpur,अम्बिका कार्की ‘अमु’, pallawa, पल्लव

अम्बिका कार्की ‘अमु’

अचेल म अनेक अनेक खालको रहर बनाउँछु ।
पक्का मान्नुस् परिश्रमले यो भूमि उर्वर बनाउँछु ।

सरकार ! सदनको एउटा कुर्सी चाहियो मलाई
नारीलाई हेर्ने ती पशुहरूको नजर बनाउँछु ।

आइलाग्ने दु:ख र बगेको पानी उस्तै उस्तै हुन्
खोलाले पनि त भन्दैन कहिल्यै बगर बनाउँछु ।

 

बिश्वास भित्रको बिश्वास टुटाइदिए कतिपयले
म वाचा गर्छु मैले नारी हुनुको भर बनाउँछु ।

बा! मैले दाजुभाइ सरह अंश लिएँ भनें पहिला
आमा र तपाईं आश्रम जानै नपर्ने घर बनाउँछु ।

सर्लाही हाल चितवन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.