उर्मिला पोखरेलका केही मुक्तकहरूः

Urmila, Pokharel, उर्मिला पोखरेल, pallawa, पल्लव

उर्मिला पोखरेल

कोही मिजासिलो त कोहि बदमास हुन्छन्।
कोही आफ्नो जीवन सँग नै उदास हुन्छ्न्।।
सुखदुःख यस्तै हो एकबारको जिन्दगी भन्दै;
कोही जति चिन्ता भए पनि बिन्दास हुन्छन्।।

भ्रष्ट र माफिया नेताहरु हो डलरमा बिक्छौँ कहिले सम्म?
दुई तिहाइ कै अहम् हो भने सत्तामा टिक्छौँ कहिले सम्म?
आफ्नो पहिचानलाई बिर्सिएर अरुको सिको गर्नेहरू हो;
स्वाभिमानी नेपाली भै गर्व गर्दै बाच्न सिक्छौँ कहिले सम्म?

 

राष्ट्रपिता पृथ्वी तिम्रो योगदान हराए निकम्मा नेताहरूले।
नेपाल प्रतिको सच्चा बलिदान हराए निकम्मा नेताहरूले ।
आफुलाई बिर्सिएर अरुकै सिद्धान्तलाई पछ्याउँनेहरूले;
तिम्रो काम कर्तब्य र पहिचान हराए निकम्मा नेताहरुले।।

देश एकीकरण गर्ने तिमि-तिम्रै गीत गाउँछु।
कहिले नभुल्ने- प्रीति पृथ्वी सितै लाउँछु।।
तिम्रो ‘दिब्योपदेश’ लाई नै मूल मन्त्र मान्दै;
इमानदारी नेपाली नारी भै नाम कहलाउँछु।।

न हडबडाइ संघर्ष गर्छन् मेहनतीहरू~ अघि बढेर !
कोहि विद्वान भएका छन् दु:ख गर्दै ~ धेरै पढेर !!
राष्ट्रपती ज्यूले अथाह नाम कमाउदै हुनुहुन्छ हजुर;
नयाँ उद्योग खोलेर हैन अठार करोडको~गाडी चढेर !!

अत्यन्तै न्यून भयो देश बिकासको गति।
गडतन्त्रे नेताहरुको अति विग्रीएको मति।।
आ-आफ्नो भुँडी भर्दै ठिक्क हुने भयो;
खै पूरा गर्न सकेका सहिद परिवारको क्षति?

पीडित र सहिदका परिवारलाई सधै रुवाएर !
पखालिदैनन् पाप तिम्रा बागमतीमा नुहाएर !!
सुखद र चएनको निद आउँछ त नेता ज्युहरू?
देशलाई अन्याय र गरीबीको दलदलमा डुवाएर !!

सबका घर घरमा माता लक्ष्मीको बास होस् !
सबका लागि यो सालको तिहार खास होस् !!
कसैले पनि दुख कष्ट गरिबी खप्न नपरोस;
सबका माथमा माता लक्ष्मीको हात होस् !!

गुलाफको फुलले सुवास छरेको हुन्छ !
काडाले यसको संरक्षण गेरेको हुन्छ !!
नि:स्वार्थ सहयोग गर्न सक्नु पर्छ जब;
कसैलाई साच्चै नै आपत परेको हुन्छ !!

कविता लेख्ने इच्छा छ ~ फुर्छ कि फुर्दैन?
तिमी सँग भेट्न मन छ ~ जुर्छ कि जुर्दैन?
चाहाना पूरा हुन पनि समय ठिक चल्नु पर्ने;
कामले थोरै ढिला भयो भने कुर्छ कि कुर्दैन?

नेताहरूभोट माग्न घर घर आकाछन् !
पेट फुलुन्जेल देश नै लुटेर खाकाछन् !!
जनता र देशको लागि बिकास शून्य भो हेर!
हाम्रै मतले दौरासुरुवाल, कोट लाकाछन् !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.