गजल

mohan, tramu, magar, मोहन तरामु मगर, pallawa, पल्लव

मोहन तरामु मगर

कयौं यात्रा हारमा छन् कदरको
बनाए दोषी म आफ्नै नजरको

बरू सजिलै मर्छु `डर लाग्छ डरको´
भरोसा होला नहोला सफरको

जलाऊ टुक्रा परेको छ आशा ,
तिमी आफ्न‍ो सोच्नु छानो छ खरको

 

`जमाना यात्रा म यात्री हुँ बुझ्नु ´
भयो पानी झैं जवानी बगरको

तिमी लिन्छौं स्वाद बास्ना म माया
भरोसा लाग्दैन तिम्रो सहरको ।

बहर: मुतकारीब अशलम
(१२२-२२-१२२-१२२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.