शान्ति अधिकारी का जोर गजल

Shanti, Adhikari, Pokhrel, शान्ति अधिकारी पोख्रेल, pallawa, पल्लव

शान्ति अधिकारी पोख्रेल

गजल– १,
रिसाउन हुन्न हजुर चर्किएर बोल्न हुन्न ,
वचन छुरा बन्न सक्छ झर्किएर बोल्न हुन्न ।

तिम्रै त हुँ तिमी भन्दै दौडी दौडी आएकी छु,
कोमल मन दुख्न सक्छ तर्किएर बोल्न हुन्न ।

हदै सम्म निष्ठुरी त न हौ प्रिय पाप लाग्ला ,
पछुताउनु पर्ला अन्तै सर्किएर बोल्नु हुन्न ।

 

सिसा सरी टुट्ने मन हो जोड्न फेरि सकिदैन ,
यता हेर भन्दा उता फर्किएर बोल्नु हुन्न ।

आउन माया शान्ति सँग बाच्नु पर्छ जिन्दगीमा ।
अमृत दिँदा त्यसैमा विष छर्किएर बोल्नु हुन्न ।

गजल– २,
परदेशी हुँदा युवा आँगन खाली खाली भयो ,
मायामा सधै लुट्पुटिने मन खाली खाली भयो ।

जिन्दगीलाई चलाई राख्ने धारा अनि उपधारा ,
बनाएर पारित गर्ने सदन खाली खाली भयो ।

लागेन खै बिश्वास किन हिजो भन्दा पनि आज
पूरा गर्न दिईएको वचन खाली खाली भयो ।

गार्हो हुन्छ अप्रत्यक्ष दासताको माला लाउन,
भन्दै अरुलाई छाट्ने दर्शन खाली खाली भयो ।

हामी रुने हाम्रै देशमा कैयौं ठाँटले हिडेका छन् ,
फर्क कान्छा जेठा माईला जीवन खाली खाली भयो ।

शान्ति अधिकारी
बाके

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.