‘फर्किएका पद्चापहरू’

Radha, Rijal, Pokharel, राधा रिजाल पोखरेल, pallawa, पल्लव

राधा रिजाल पोखरेल

हर साल झैं
यस्पालि पनी
तिम्रा यादहरू
अन्तर्मनको पुरानो आँगनीमा
हुरुरुरु पस्दै देउसी भैलो खेल्न लागे |

कोही भट्याउन लागे
कोही स्वरमा स्वर मिलाउन लागे
कोही गाउन लागे
त कोही नाँच्न लागे
मेरो मौनताले मलाई यसरी झक्झक्यायो
यस्तरी झुकायो की
मेरो बिगत रंगिन पारदर्शी हुँदै
बर्तमानमा सात्क्षत्कार भयो ।

 


आफ्नो स्वअस्तीत्व नै चकना चुर हुनेगरी
मुटु भित्रका बस्तिहरूमा पटकाहरू यसरी पड्किय
अोहो त्यो आवाज
त्यो गन्ध
त्यो धमिलीयको परीदृश्य
र मेरो अमिलिएको मन

मैले देउसीको गीत सुनिन
तिहारको सप्तरङी देखिन
मनमा फुटेका पटकाहरू भन्दा कमै लाग्यो
फुलहरू र रङहरूको सजावट
तेसैले बन्द कोठाको अंध्यारो झ्यालबाट
एकनास चिहाइरहे
नियालीरहे
निभाइएका बत्तीहरू
बन्द गरिएको तगारो
अलमलियका आकृति
अनी फर्किएका केही पद्चापहरू ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.