लीला दाहाल अधिकारी केही मुक्तकहरूः

Lila, Dahal, Sayal, लीला दाहाल सयाल, pallawa, पल्लव

लीला दाहाल सयाल

फुल्न देउ फुलहरुलाई फक्रिएर रमाई
चुम्न देउ भमरा लाई रसै रसले भराई
फूललाई पनि थाहा हुन्न बिहान पुग्छु कहाँ
मन्दिर वा मुर्दामा पुराउँछन हातमा समाई ।

हँसिलो यो मुहारमा सधैं खुशी छाइरहोस
सङ्धर्षका पाइलाहरू प्रगति मा लम्किरहोस
जन्म दिनको धेरै धेरै शुभकामना भाउजू लाई
नछोए कुनै रोगले पनि र्दिघायुले छाइरहोस ।

 

चिनाउँछ जसरी सगरमाथा हिमाल
सबैलाई प्यारो हाम्रो देश नेपाल
सफलता हात पारुन श्रृङ्खलाले
नाम रन्छ सुन्दरीको देश यो साल ।

कोही मान्छे यहाँ यस्ता घटिया हुन्छन
केही छिनमा नै माया का जाल बुन्छन
ताक परे तिवारी नत्र गोतामे भने झै
बन्छन् राक्षस अनि अस्मिता लुट्छन् ।

प्रेम र अहिंसाबाट नै मानवता को विकास हुन्छ
प्रत्येक जीवजन्तु प्राणीमा भगवानको बास हुन्छ
एउटै मन एउटै आत्मा बाँच्ने रहर पनि उस्तै
तर पनि जीवजन्तु स्वाद कै लागि गास हुन्छ ।

प्रेम छ जहाँ जीवन छ त्यहाँ
बिनास छ त्यहाँ घृणा छ जहाँ
सबै धर्मको आधार प्रेम नै हो
परमात्माको खोजी गर्यौ यहाँ ।

मन चङ्गा भै उडी दिन्छ कहिले काहीँ गगनमा
हातमा लट्टो लिनेले छोडिदिन्छ छिनभरमा
चाहेको बेला सजाउने नत्र नाली मै फालिदिने
खै यो कस्तो माया लेखिएको कोरा कागजमा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.