गजल

Mira, Gyawali, मिरा ज्ञवाली, pallawa, पल्लव

मिरा ज्ञवाली

बोट पनि ठूलो हुन्छ, मलजल राखे पछि
ति सपना पुराहुन्छ, भित्री मनले ताकेपछि

मान्छे पनि पाको हुन्छ व्यवहारमा डुबेर
नराम्रा नै राम्रा लाग्छ भित्री माया जागे पछि

दिन पनि रात झैँ लाग्छ, बाँच्ने इच्छा नभएर
प्रिय लाग्छ अर्को मान्छे उमङ्गमा ढाले पछि

 

सम्बन्ध नी बलियो हुन्छ बिश्वासिलो मायामा
बिष स्वयम् अमृत बन्छ, पिरतीमा पाके पछि !

पिरति छ ‘मिरा’सँग अटल हुने विश्वासिलो
समयमा नसम्हाले काम हुन्न थाके पछि ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.