“ढुक्ककी रेश्मा”

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

“माछा पानीमा पौडिए सरी नसोध जीवनमा कति खाइयो …..” मोहन तालमा गाउँदै फर्किँदै थियो । रेश्माले देख्ना साथ हुक्न थाली ।
“फेरि आज पनि त्यही ताल ? न छोराको स्याहार छ न घरको दु:ख-सुख ! हे भगवान कुन दशाले म यस घरमा भित्रिएँ हुँला ? ” खाएपछि मोहनले प्राय : घटना घटाएकै हुन्थ्यो, निहुँ खोज्ने, कुट्ने- पिट्ने, मिटिङ् बस्ने । चौकीमा २/४ रात काट्ने यी सब उसका दैनिकी जस्तै थिए । कतिचोटी त भागेर ३५ दिन काट्न सिमानापारी समेत पुगेको हुन्थ्यो ।

 


“त्यस्ता मूर्ख सन्तान जन्मिनु भन्दा त कोखै बाँझिएको भए वा गर्भै तुहिएको भए चित्त बुझाइन्थ्यो । “गाउँका आइमाईहरूगुनासो गर्थे ।
“खाएपछि त त्यसको दिमागमा राक्षसै सवार हुने बा ! बिचरी भाउजुले के गरेर मन बुझाएकी होलिन ? जहिले जता गए पनि रिन, दु:ख र तनाव सिवाय केही दिएको भा मरि जानू ल !” छिमेकीहरुले कसम हाल्थे ।
कहीं गए पनि केही न केही हर्कतहरूगरेकै हुन्थ्यो । कतिका कुमारीत्व धरापमा परे, कतिको घरबार संकट आइ लागे लेखा-जोखा थिएन । बिहेका केही बर्ष त्यतिका सुन्दर, हँसिली र फरासिली देखिने रेश्मा दुब्लाएर हाड र छालाले मात्र धानिएकी थिई । कहिले बाटाबाट, कहिले खोलाबाट बटुलेर घरमा ल्याउनुपर्ने । कतिपटक घुर्क्याएर माइत बसी भएन, दङ्ल्याएर घर छाडी भएन । काखमा एउटा पिउसो नभएको भए उतिखेरै हिँडिसक्थी या मरिसक्थी भन्थे धेरैले । जब मोहन निकै बिरामी भयो ? रिन खोजेर अस्पताल लगी कलेजो बिग्रेको (सिरोसिस ) हुनाले निकै दिन राखीयो अस्पताल । सम्पत्ति सकिँदै गयो तर व्यथा सकिएन ।
मो‍हनबाट माया, आधार र खुशी नपाए पनि रिन, पीडा र दु:खहरूत जुगैभरीलाई पुग्दा थिए । एकदिन अचानक मोहनले छोड्यो । रेश्माको जीवनमा नयाँ अध्याय शुरु भयो । कुनाबाट निस्केपछि संयोग उसले प्राइभेट कम्पनीमा जागिर पाई । छोरो हुर्किँदै गयो । लोग्ने हुँदाका सयौं शोकहरूघटेर एक शोक भएको छ । अब ऊ एउटै छोराको भविष्यका निम्ति केन्द्रित भएकी छ । बिस्तारै रिनहरूघटाई । घर-परिवार अर्कै बनाई । अहिले उसको जीउडाल, रौनक अनि प्रतिष्ठा चुलिएको छ । हँसिली, रसिली र भरिली अझ भर्खरकी देखिन थालेकी छ ।
छिमेकीहरूभन्छन् – रेश्मालाई सुख नदिएको त मोहनले पो‍ रैछ ।ऊ गएपछि कति फेरिई । कति फरक भयो उसको जीवन ? साँच्चै अब
रेश्मा ढुक्क भई ।

गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७५/०८/१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.