गजल

Radha, Bhujel, राधा भुजेल , pallawa, पल्लव

राधा भुजेल

तिमी भएनौ भने जिन्दगी कटाउन डराउँछु।
त्यसैले त आज्कल सपनीमै आउन डराउँछु।

केछ खबर भनी कहिल्यै सोध्दै नसोध मलाई
बेहाल भएकोछ यो जिन्दगी बताउन डराउँछु

भोलिपल्टै मन्दिरको फूल ओईलिएको हुन्छ
त्यसकारण मन्दिरमा फूल चढाउन डराउँछु।

 

याद पठाउने बेला मलाई सोधेर पठाउ प्रिये,
तिमी ब्यस्त छौ भनेर याद पठाउन डराउँछु।

मरेको त्यो मुर्दालाई पुरै फूलले छोपिदिन्छन्
म भने शिरमा एकथुङ्गा फूल सजाउन डराउँछु।

राधा भुजेल
भरतपुर चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.