लक्ष्मी अच्यूत ढुङ्गाना का केही मुक्तक

Laxmi, Achyut, Dhungana, लक्ष्मी अच्यूत ढुङ्गाना, pallawa, पल्लव

लक्ष्मी अच्यूत ढुङ्गाना

यो पुलमा उभिएर हेर्दैछु म टिस्टालाई
इतिहाससँगै मनमा बेर्दैछु म टिस्टालाई
नेपालीको वीरताको चिनारी हो, गर्व लाग्छ
मनभरी मायासँगै घेर्दैछु म टिस्टालाई ।।

टिस्टा तिम्रो पानीसँगै हाम्रो इतिहास बोल्छ
नेपालीको पौरख र वीरताको शान घोल्छ
अपमानको सन्धी बोल्छ, अंग्रेजको झेल बोल्छ
विगतको कथा व्यथाले सबैलाई पिरोल्छ ।।

 

ढु्ङ्गानाहरूको महान् पूज्य र उज्वल अंश
लक्ष्मीअच्युतको आस्थाको र ज्योतिको वंश
शुभ जन्म दिनमा हार्दिक बधाई छ तिमीलाई
मेरो मुटु भन्दा पनि प्यारो मेरो सारांश ।।

धेरै धेरै आशीर्वाद छोरा तिमीलाई !
शुभेच्छाका भरी भरी बोरा तिमीलाई !
आरोग्य होस्,कीर्ति बढोस् ,पीर नहोस् रत्ति
सारांश ! यो ममताको व्यहोरा तिमीलाई ।।

मनमा गहिरो चोट भए पनि सहनै पर्दो रहेछ
घन्च मन्च छाडेर एक्लो पनि रहनै पर्दो रहेछ
एकैठाउँमा जीवन बित्छ भन्ने नसोचे राम्रो हुन्छ
समयका बहाव सँगै मान्छेले वहनै पर्दो रहेछ ।।

सुनसरी धरान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.