गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

दया आज कस्तो घटेको छ ऐले
बिके है त मान्छे रटेको छ ऐले

लुकेका लुटेरा जमानी बसेका
बिवेकै सबैको हटेको छ ऐले

बनेको बिगार्ने जमाना भयो है
अ हा गाउँ हाम्रो कटेको छ ऐले

 

सबै काम गर्थे बिहानी हुदैमा
बिगारी समाजै खटेको छ ऐले

दुखे गाउँ हाम्रो निसानी हरायो
र पीडा दिएरै सटेको छ उैले

छन्दः भुजङ्गप्रयात, बहरे मुतकारिब मुसम्मन् सालिम
सूत्रः फऊलुन् × ४ (।ऽऽ × ४)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.