महामहिम भन्नुहुन्छ !!!

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

गाह्रो भो “धनराज ” लिन्न सुबिधा गाडी पजेरो सबै
सारा यी जनता कता अब कता बाँचे घडेरी नभै
यत्रो थोक करोड़ यो अति भयो बेकार हो कार यो
भो भो देश अठार खान्न अहिले यो भार हो भार हो

हल्ला यो गरियो म सुस्त मनकी थाहा नपाई बसें
यो कुर्सी पनि भो बिचित्र धनजी खाँदै नखाई फंसें
झेली काम भयो गयो मदनको जो साख पैले थियो
रातो नाम गयो शहीद हुन गो हा मार्क्स सातो लियो

 

छोरी यो सबकी पवित्र मनकी चाहिन्न केही हरे
राख्ने इज्जत हो हिसाब सजिलो खाइन्न केही भरे
नेपाली जनको बसेर दिलमा जानेछु त्यो भीरमा
भण्डारी म सखी उही मदनकी लानेछु तस्वीरमा

हे हे फेसबुके लुके सब लुके हल्ला भयो लोकमा
लागे शत्रु यहाँ भुके सब भुके चर्चा भयो चोकमा
रानी होइन है म ता जबजकी प्यारी सखी जानकी
विद्या नाम रह्यो यता नगरमा छोरी बनें शानकी

भण्डारी थर हो हिमाल घर हो सेवा यही धर्म हो
पाएँ मान यहाँ स्वमान नभुली यो सादगी कर्म भो
दाजी हौ धनजी अनील बबुवा प्यारो छ कोशी बढ़ी
गाडीको महिमा दुखान्त अहिले के हुन्छ गाडी चढ़ी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.