सहनको पराकाष्ठा

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

उभन्दा म सानो त्यसैले म प्यारो
परन्तु उसैले सधैँ ताक्छ घारो
उही जन्मभूमि दुवैको भए नि
म आउँदा थुन्छ उस्ले तगारो।

हमेशा रमाई उसैसंग खेल्थेँ
म उस्ले दिएका ख़ुराफ़ात झेल्थैँ
सहन्थेँ सहन्थेँ उ साथी भनेर
भएमा अचाक्ली म उस्लाइ पेल्थेँ।

 

गएँ मिल्न,मेरो उ हो यार भन्दै
समात्यो मलाई तृणैतुल्य गन्दै
मलाई असाद्धे उठ्यो क्रोध,आगो-
भएँ,च्याप्प च्यापेँ ढल्यो दुष्ट कन्दै।

हिजोआज भेट्दा गईदिन्छ तर्की
डराएर होला कि?हेर्दैन फर्की
भयो आँट मेरो महा-औषधीझैँ
कुरा गर्छ रे सुन्छु ऐले नझर्की।

छन्दः भुजङ्ग प्रयात

मोहनराज खनाल, म्यान्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.