हृदय लेकालीका केही मुक्तकीय बान्कीहरू:

Hridaya, Lekali, हृदय लेकाली, pallawa , पल्लव

हृदय लेकाली

तिमी मुसुक्क हाँस्दा पनि मलाई डर लाग्छ
तिमी एक्कासि कास्दा पनि मलाई डर लाग्छ
कुन्नि के भा हो अचेल तिम्रो र मेरो सम्बन्ध ?
तिमी गैह्रो माया गाँस्दा पनि मलाई डर लाग्छ ।
×
सरकार जनतालाई कर मात्र हैन बाँच्ने रहर दे
कृषिप्रधान देशमा आँसु हैन पानीको नहर दे
कति आफ्नै डम्फु बजाई सपना मात्र बाँड्छस्
सक्छस् भने कालो दिन हैन रमाइलो प्रहर दे ।
×


अरु बेला भेट नहुने साथी भेटिन्छ दशै तिहारमा
मनभरिको अस्याट राम्ररी मेटिन्छ दशै तिहारमा
मान्नै पर्छ यो थिति बसाल्ने जिबा पुर्खाहरूलाई
त्यसैले असाध्यै हर्षानन्द खेपिन्छ दशै तिहारमा
×
सबै युवा बिदेशमा देश मौरीको रित्तो घार भयो
स्वदेशी इलम पौरख अन्तै भो देश बेकार भयो
जनमुखी सरकार छ छैन कुन्नि अचेल देशमा
लाग्छ हामी जनतालाई यो सर्कारै लाचार भयो ।
×
वस्तु उही हो भाउ फरक फरक
कैँची उही हो नाऊ फरक फरक
छाडौँ अब सबै बकबास हामीहरू
जाने उही हो ठाउँ फरक फरक ।
×
नून पचाउन गाह्रो हुन्छ सुन पचाउने सर्कार छ
गुन पचाउन साह्रो हुन्छ खून पचाउने सर्कार छ
तिमी मारियौ निर्मला न्यायको अत्तो पत्तो छैन
खै कसूरदार दण्डित ? जुन बचाउने सर्कार छ ।
×
जनता नून तेल खोज्दा सर्कार मेट्रो रेल दिन्छ
जनता हाँसोखुसी खोज्दा सर्कारआँसुभेल दिन्छ
ए कति साह्रै अग्रगामी भयो हँ यो जनसरकार
कुरै कुराले विकास योजना अगाडि धकेल्दिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.