हिरा गौतम ‘हिरु’ का केही मुक्तकहरूः

Hira, Gautam, Hiru, हिरा गौतम ‘हिरु’ , pallawa, पल्लव

हिरा गौतम ‘हिरु’

उसको र मेरो जिन्दगी वारपार भएपछि
बीचैमा बार्न लाई काँडे तार भएपछि
तिमी कति उसैको नाम जब्दै बस्छौ
अर्कैसँग जवरजस्ती घरबार भएपछि ।।

मनको कुरा बोले पो थाहा हुन्छ
रहरका पोका खोले पो थाहा हुन्छ
पारी रुखको फल पाक्यो पाकेन
वेल पाकेको फोडे थाहा हुन्छ ।।

 

माग्या छैन सुन चाँदी हीरानी
मलाई कल्यै नसोच्नु बिरानी
जिन्दगीका हरेक मोडहरूमा
पाए हुन्छ त्योकाखको सिरानी ।

समयले नी छल्नु छलेको छ
भाग्यले खेल खेल्नु खेलेको छ
अब त यस्तो गुनासो लाग्छ कि
यो धड्कन् पनि किन चलेको छ !!

भोलि होइन आजै को लागि बाँचौ
आज होइन अहिल्यै को लागि हाँसौ
के थाहा यहि नै अन्तिम सास पो होकी
त्यसैले सबै सँग स्नेह र सद्भाव बाडौँ ।।

खै के कति विघ्न वाधा आउछन
अनि एउटै मुटु आधा बनाउछन
रुक्मिणीको घर विगार्न लाई
ईश्वर पनि फेरि राधा बनाउछन ।।

कोही आउछ सपनामा फूल दिएर जान्छ
जिन्दगीभर दु:खी रहने शूल दिएर जान्छ ।
खै मलाई त राखमकी नराखम जस्तो हुन्छ
तिम्रो घुम्टी भन्दै रातो तुल दिएर जान्छ ।।

तिम्रो एक चिम्टी सिंदूरले मेरो थर फेर्न तयार छु
तिम्रो एक सरा पोतेले मेरो घर फेर्न तयार छु ।।
दिन्छौ भने जन्मजन्म नि: स्वार्थ साथ तिमी
म यो सारा दुनियाँ सँग को डर फेर्न तयार छु ।।

 

Hira Gautam Hiru, हिरा गौतम ‘हिरु’

दाङ, तुलसीपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.