गजल

 

Menuka, Khatiwada, Bhattarai, मेनुका खतिवडा भट्टराई, pallawa, पल्लव

मेनुका खतिवडा भट्टराई

साच्चै देखाउँछ हर पल देखाउँछ
चाप्लुसी गर्नेले नक्कल देखाउँछ ।

सोचेथे मनको पिर ब्यथा सुनाउँछु
साथीले त रमका बोतल देखाउँछ ।

बाचुञ्जेल पानी नसोध्ने त्यो छोरो
मृत्युका मुखमा गंगाजल देखाउँछ ।

 

धेरै प्रगति भाछ हाम्रो देशमा पनि
न्याय खोज्नेलाई पागल देखाउँछ ।

चलन नै यस्तो छ स्वार्थी छ मान्छे
अरु किचड आफू कमल देखाउँछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.