गजल

Rama, Khatiwada, रमा खतिवडा, pallawa, पल्लव

रमा खतिवडा

किन होला यो मन अचेल खाली खाली भा’छ
ओइलियो मुना, चरी उड्यो डाली खाली भा’छ ।

शून्य भा’छ गाउँ घर, छोराछोरी प्रदेशमा
मादल रोयो कुना भित्रै, ताली खाली भा’छ ।

पाखा भरी काँडे झार, खेत बाँझै उराठिलो
नझुलेर धानका बाला, आली खाली भा’छ ।

 

उद्यान छोडी फूलहरू छतमा फुलेका छन्
थुङाखोज्दै टोलाउँछ, माली आफैँ खाली भा’छ ।

बातगर्न को आउँछ र गुन्द्री माथी पार ताप्दै
भोटे ताला घुमाउने घरको, पाली खाली भा’छ ।।

पोखरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.